Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ ०६ गते बुधबार

महाकाली चारलेन पुलमा पानिकाे बहाव नाप्ने रडार लेवल सेन्सर जडान ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा महाकाली नदीको बाढीको पूर्वसुचना र पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउन महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा ‘रडार लेवल सेन्सर’ जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको अनुरोधमा डिसीए, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) को आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले चार लेन पुलमा जल सतह मापन गर्ने सेन्सर युक्त उपकरण जडान गरेको हो । दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिका वैठकले उक्त पुलमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम विज्ञान विभाग लगाएत अन्य विकास साँझेदार संघ–संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको र सोही निर्णयका आधारमा डिसिए, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) को साँझेदारीमा संचालित ‘बि–रेडी’ परियोजनाको सहयोगमा नदीको जल सतह मापन गर्ने सेन्सर जडान गरिएको हो ।

उक्त सेन्सरले महाकाली नदीको जल सतह मापन गर्ने छ् र सो जल सतहको विवरण प्रत्येक १० मिनेटको अन्तरालमा जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा अध्यावधिक हुनेछ् । यस सेन्सरले विभागको सर्भरमा पठाएको विवरण www.hydrology.gov.np मा गएर हेर्न सकिने छ् । उक्त सेन्सरमा नेपाल टेलिकम र एनसेलका गरि दुई वटा सिमहरु प्रयोग गरिएको छ् । जसले गर्दा कुनै एउटा सिममा नेटवर्क नहुदा समेत अर्को सिमले स्वत : जल सतहको विवरण सर्भरमा उपलब्ध गराउन सक्ने छ् ।

हाल सम्म महाकाली नदीको बाढी पूर्वसुचना र पूर्वानुमानको लागी दार्चुलाको दत्तु र डडेल्धुराको परीगाँउमा रहेका जल सतह मापन केन्द्रहरुको प्रयोग गरिंदै आएको छ् । अब चार लेनको पुलमा समेत सेन्सर जडान भए पछि बाढीको पूर्वसुचना प्रणाली थप प्रभावकारी हुने र यसले दोधारा चाँदनी नगरपालिकामा बाढी बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न महत्वपुर्ण भूमिका खेल्ने र यो यस क्षेत्रका लागी ठुलो उपलब्धि भएको दोधारा चाँदनी नगरपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख रघुनाथ भट्टले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>