देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ, महाकाली नदिमा अहिले बिहान सात बजे एक लाख छ हजार क्युसेक प्रति सेकेण्ड पुगेकाे छ । पानी एक लाख क्युसेक पुगेपछि महाकालि नदिकाे बनवसा पुलमा आवतजात बन्द भएकाे छ ।
डडेलधुरा, कञ्चनपुर, कैलाली समेतका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज (बिहीबार) सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन÷चट्यांङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया