Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०८ गते शुक्रबार

अख्तियार महेन्द्रनगर कार्यालयमा एक महिनामै १७३ उजुरि दर्ता ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा आर्थिक अनियमितता विरुद्धका एक सय ७३ उजुरी दर्ता भएका छन्।

यो संख्या चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को मात्र हो। चालु आर्थिक वर्ष सुरु भएसँगै उजुरीकर्ताले विभिन्न माध्यमको प्रयोग गर्दै एकपछि अर्को उजुरी दर्ता हुनेक्रम बढेको छ। त्यस्तै भदौ महिनाको पहिलो सातामै थप २७ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना नपुग्दै यस्ता अनियमितताका दुई सय उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको छ। अधिकांश उजुरी स्थानीय तहसँग सम्वन्धिन रहेको कार्यालयले जनाएको छ। लिखित, इमेल, भाइबर तथा टेलिफोन लगायतको माध्यमबाट आफ्नो पालिकामा भइरहेका अनियमितता विरुद्धका उजुरी दिनेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ।

प्रदेशभित्र संघीय तथा प्रदेश मातहत सञ्चालित योजनाहरुमा समेत आर्थिक अनियमितता हुने गरेको विषयमा समेत कार्यालयमा उजुरी पर्ने गरेका छन्। यस्ता उजुरी सबैभन्दा बढी कैलालीबाट पर्ने गरेका छन्। अधिकारीहरुका अनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये करिब ४० प्रतिशत उजुरी स्थानीय तहसँग सम्वन्धित हुने गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>