Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०८ गते शुक्रबार

प्रहरिले हतकडि लगाएका लेखापाल कुटेकाे आराेपमा ४ प्रकाउ ४ फरार ।

कञ्चनपुरमा विद्यालयका लेखापाललाई कुटपिटको आरोपमा ४ जना पक्राउ परेका छन । जिल्लाको  भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा आइतबार भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिटको आरोपमा ४ जनालाई पक्राउ परेका हुन  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले कुटपिटको आरोप किटानी परेका ८ मध्ये ४ जनालाई पक्राउ गरिएको बताए ।  स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीले बताए।

प्रहरीले पक्राउ परेका र फरार रहेकाहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरिरहेको छ। आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीय र विद्यार्थी आन्दोलित भएका थिए। कुटपिटबाट लेखापाल जोशी घाइते भएका छन्।

उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा उपचार भइरहेको छ। त्यस्तै लेखापाल जोशीविरुद्ध पनि किटानी जाहेरी परेको छ। उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>