Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०९ गते शनिबार

भू स्वर्ग खप्तड जाने झिग्राना सडक ४ दिन बाट अवरुद्ध, आज खुलाउने
साङ्केतिक फाेटाे

डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक चार दिनदेखि अवरुद्ध बनेको छ ।  लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण सडक अवरुद्ध भएको पूर्वीचौकी गाउँपालिका–२ का कृष्ण ओलीले जानकारी दिए । बाटे ओखर भन्ने ठाउँमा सडकमाथिबाट ठुलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको ओलीको भनाइ छ । सडक अवरुद्ध भएपछि एम्बुलेन्स समेत चल्न नसक्दा बिरामीहरूलाई बोकेर ल्याउनु पर्ने अवस्था रहेको उनले बताए ।

ठाउँ–ठाउँमा भएका सानातिना अवरोधहरू नेपाली सेनाले हटाए पनि उक्त पहिरो हटाउन मेसिन ल्याउनु पर्ने भएकाले अवरोध खोल्न नसकेको झिग्रनामा होमस्टे सञ्चालन गरिरहेका दीपक खड्का बताउँछन् । सडक अवरोध छिटो खुलाउन पहल गर्नु पर्ने दिपायल सिलगढी नगरपालिका—६ का विष्णुराज जोशी बत्ताउँछन् ।

सडक खुलाउनका लागि पहल भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । उनले भने ‘केही दिनअघि मात्रै सडकमा आएको पहिरो सफा गरिएको थियो, लगातार वर्षा हुँदा फेरी अर्को ठाउँमा पहिरो आएको रहेछ, त्यसलाई आज क्लियर गर्ने गरी पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष ज्युसँग कुरा भएको छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>