Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ ०९ गते शनिबार

कंचनपुरमा जनतासंग माओवादी अभियान सुरु, माओवादी उत्साहित, यस्ता छन निर्णय

नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ । पाटी केन्द्र प्रदेशको निर्णय अनुरुप भदौँदोस्रो सातादेखि कञ्चनपुरमा माओवादीले अभियान संचालन गर्न लागेको हो । 

माओवादी केन्द्रले कञ्चनपुरका ९वटै पालिकामा रहेका ९२वटै वडाहरुमा एक साथ तीन महिने अभियान संचालन गर्ने तयारी गरेको छ । शुक्रबार माओवादी केन्द्र जिल्ला समन्वय समितिको कृष्णपुरमा सम्पन्न भएको बैठकले पाटी केन्द्र, प्रदेशको योजना निर्देशन अनुरुप जिल्लामा समेत अभियान संचालन गर्ने निर्णय गरेको छ । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटी केन्द्र र प्रदेशका निर्णय योजना अनुरुप जिल्लामा समेत अभियान संचालन गर्नका लागि निर्णय गरिएको बताए । जिल्ला बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज डिलाराम आचार्य, तत्कालिन इन्चार्ज खगराज भट्ट सहितका केन्द्रीय स्तरका नेताहरुले जिल्लाका कार्यकर्ताहरुलाई जनतालाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी रुपमा अभियानमा खटिन आब्हान गरेका छन । 

संयोजक पाण्डेयले १६ भदौँदेखि शुरुवात हुने अभियानको पुर्व सन्ध्यामा जिल्ला बैठक, त्यससपछि १२ भदौँमा पालिका र १४ वडा बैठक गरेर तयारी गर्दै देशभर एकसाथ शुरु हुने अभियान कञ्चनपुरमा समेत गर्ने बताए । संयोजक पाण्डेयका अनुसार जिल्ला भूगोलमा रहेका ४२ जना प्रदेश कम्युनिष्ट मञ्चका सदस्य, सल्लाहकार, ६८ प्रदेश कमिटि सदस्य र ५६ जिल्ला कमिटि सदस्यहरुलाई अन्तर वडाको जिम्मेबारी दिईएको छ । ‘यसपटक केन्द्र, प्रदेश र जिल्ला कमिटी सदस्यहरुलाई अन्तर वडा, पालिका, जिल्लाको जिम्मेबारी दिईएको छ, ‘संयोजक पाण्डेले भने, ‘यसबाट पाटीको यथार्थ विषयबस्तु बारे जानकारी हुन्छ ।’ तीन महिने अभियान संचालनका लागि प्रदेश र जिल्लाका १६८ नेताहरुलाई वडाको कमाण्डर बनाएर जिम्मेबारी दिईएको छ । यस अघि केन्द्रीय सदस्यलाई पालिका कमाण्डरका जिम्मेबारी दिईएको थियो । ‘पाटीले केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ताहरुलाई तल्लो तल्लो तहमा खटाएर जनतासंग प्रत्यक्ष छलफल सम्बाद गरेर जनताका वास्तविक समस्या एव अपेक्षा बुझ्न लागेको छ, ‘उनले भने, ‘एक पटकको अभियान पृथक रहेको छ ।’ यस अघि सुदूरपश्चिम कमिटीले प्रदेशका ९ जिल्लाका ८८ वटै पालिकामा एकसाथ अभियान संचालन गर्ने निर्णय गरेको थियो । ‘०६४ पहिलो संविधान सभा यता हाम्रो पाटी र पाटीका सद्वेय अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वमा तेस्रो पटक सरकारको नेतृत्व छ, ‘संयोजक पाण्डेयले भने, ‘माओवादीप्रति जनताले ठुलो आसअपेक्षा र भरोसा राखेका छन, वास्तविक जनताका आधारभूत आवश्यकता एव चाहना अनुरुप पाटी अघि बढाउन अभियान सार्थक हुन्छ ।’ 

कञ्चनपुरमा केन्द्रीय सदस्य बिनिता चौधरी, गंगा चौधरी, दिपा चौधरी, झपट साउद, राजेन्द्र साउद, सरु चौधरी, नेप बहादुर चौधरी, कृष्ण कुमार चौधरी, बिरभान चौधरी, गोबिन्द तिम्लिसिना, शंकर खडका, हरि श्रीपायली पालिका स्तरमा खटिने छन । फिल्डमा गएर नेता कार्यकर्तासंगै जनतासंग समेत छलफल गर्दै मुलुक सम्बृद्धि बनाउनका लागि सुझाव संकलन गरेर अघि बढ्ने आगामी दिनमा सोही अनुरुप योजना संचालन गर्ने नेताहरुले बताएका छन । यस पटक माओवादी केन्द्रले सुप प्रदेश सहित कञ्चनपुरका गाँउबस्तीमा आगामी मंसिरसम्मै अभियान संचालन गर्ने जनाएको छ । अहिलेको अभियानमा माओवादी नेता कार्यकर्ता समेत उत्साहित भएका छन । केन्द्रमा सरकारको नेतृत्व गरिरहेका पाटी अध्यक्ष प्रचण्डले सुशासन र सम्बृद्धिका पक्षमा लोकप्रिय काम गर्न थालेपछि देशैभरीका व्यापक रुपमा जनर्समथन जुटिरहेका बेला माओवादी नेता कार्यकर्ता जनतासंग फिल्डमा जान उत्साहित भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>