Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ ११ गते सोमबार

जंगली हात्तीको पिडा, बालीनाली त, परै जावस ज्यान जोगाउनै समस्या

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका स्थानियबासीले जंगली हात्तीकै कारण सबै परिवार संगै बसेर खाना खान पाउदैनन् । श्रीमानले खाना खान थाले श्रीमती बाहिर बसेर हात्ती हेर्नुपर्छ भने, श्रीमतीले खान थाले श्रीमानले । यसरी खाना खान थालेको एक, दुई दिन होईन वर्षौ भईसक्यो । यसो नगरे कति बेला हात्ती आउछ र घर भत्काउछ थाहा हुदैन । बडुवाल टोलका स्थानियबासी महाविर क्षेत्रीले दुखेसो पोख्छन् । केही वर्ष देखि घर नजिक रातीको समयमा हात्तीको सुढले भित्ता हान्न थाले संगै स्थानियनै आतंकित बन्दै आएका छन् । त्यस पछि यस क्षेत्रका स्थानिय खाना खान देखि संगै बसेर समेत परिवार संग गफ गर्न पाउदैनन् । ‘परिवारका एक जना सदस्य हात्ती आयो कि भनेर हेर्ननै खटिनुपर्ने हुन्छ्, दिउसो त जसो तसो हाँसेरै बिताईन्छ् । राती बिताउन सारै गाहे हुन्छ ।’ अर्का स्थानिय आशा राना क्षेत्री बताउछन् । हात्तीले दुख दिने दोधारा चाँदनी नगरपालिकाकै मुख्य स्थानकै रुपमा परिचित यस क्षेत्रमा जती बेला पनि हात्ती बस्ती पस्छ टुङ्गो हुदैन् । ‘कहिले विहानै घर बाहिर निस्कदा आागनमानै अजंगको बच्चा सहित जंगली हात्ती हुन्छ, सुकाएको बाल बच्चाको विद्यालय जाने लुगानै खाईदिन्छ भने, लगाएको अन्न एक दाना पनि भित्राउन पाईदैन ।’ आशा राना क्षेत्री बताउछन् । अब धान र मकै खेती सुरु भएकाले धान नपाकेसम्म यहाँका नागरिक सुत्न पाउदैनन् । हात्ती खेदाउन रातभर जागराम नबसे घर भत्काउन डर त्यत्तीकै छ् । भारत संग जोडिएको बस्ती बडुवाल टोलमा बिगतका दिनहरुमा दर्जनौ घर हात्तीले भत्काएको हो । रातीको समयमा भारतिय जंगलबाट बस्ती छिर्ने जंगली हात्ती आतंकित भएका स्थानीयबासीहरु आफनो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।  हात्ती भगाउन बस्तीका युवा युवतीहरु हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन् । आफना परिवारका बुढाबुढी र केटाकेटीलाई उनीहरुले घर भन्दा टाढा अन्यत्र सुरक्षित स्थानमा राख्ने गरेका छन् । एक दर्जन भन्दा बढी हात्तीको हुलले यस वर्षमा एक महिना देखि बस्तीनै आतंकित हुने गरि खेतीमा क्षती बनाएको दोधारा चाँदनी नगरफालिका– ३ का वडा सदस्य लक्ष्मी रानाले बताएका छन् । किसानहरुको बालीनाली नष्ट पनि गरेको छ । ‘खेती लगायो, हात्तीले सखाप पार्छ् । अझै सम्म सरकारले कुने प्रकारको क्षतीपुर्ती दिएका छैनन् । लगाएको अन्नवाली सखाफ बनाएपछि छाक टार्न पनि समस्या छ्’ आशा थापाले भनिन्– ‘समसाँझ हुने बित्तिकै हात्ती बस्ती पस्छ् । बालीनाली त, परै जावस ज्यान जोगाउनै गाहे भैसक्यो ।’ वर्षौ देखि जटिल समस्याको रुपमा देखा परेको बडुवाल टोलमा जंगली हात्ती आतंक तिनै तहका सरकारले नसकेको भन्दै स्थानिय आक्रोशित भएका छन् । मध्यवर्ती क्षेत्रमा निकुञ्जले लाखौं रुपैंया खर्च गरेको भनेपनि आफुहरुलाई निकुञ्जले पिडा मात्र दिएको गाँउलेको आरोप छ् । ‘लाखौं रुपैया मध्यवर्ती क्षेत्रमा आउछ् । तर खै त्यो कहाँ जान्छ् । सुरक्षित र ढुक्क भएर आफनो घरमा सुत्न पनि पाईदैन,’ स्थानियहरुले आक्रोश पोख्दै भने, ‘निकुञ्जले वन्यजन्तुलाई नियन्त्रण गर्न सक्दैन भने हामीलाई सुरक्षित स्थानमा लैजावस् । हामी यो ठाँउ छाडिदिन्छौं ।’ बर्षेनी जंगली हात्तीले ठूलो जनधनको क्षति गर्दै आएको भएपनी निकुञ्जले जंगली जनावरबाट हुने क्षति रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ् । वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्न सीमा क्षेत्रमा बिद्युतिय तारवार लगाउनु पर्ने स्थानियबासीको माँग छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>