Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० भदौ ११ गते सोमबार

गौरा पर्वको अवसरमा बेलडाँडीमा खुल्ला नकाउट फुटवल प्रतियोगिता हुने

सुदूरपशिचमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा खुल्ला नकाउट  फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
क्लबद्धारा छैटौँ खुल्ला फुटवल प्रतियोगिता क्लबकै सबै भन्दा ठुलो धनराशिको प्रतियोगिता रहनेछ ।

खेलकुद विकासका र समाज रुपान्तरणका लागि स्थापन भएको क्लबको केहिदिन पहिला नयाँ कार्यसमिति गठन भएको थियो । क्लबलाई नयाँ ढंगले अगाडी अग्रसर रहनका लागी युवाहरुको एकरुपता संगै युवा जमाता तातेपछि आज सम्मकै क्लबले आयोजना गर्ने प्रतियोगिता भन्दा ठुलो धनराशि ७५ हजार नगद ट्रफी, प्रमाण पत्र, मेडल सहितको व्यवस्था गर्ने निर्णय भएको क्लबका सचिव विकास सिंह महताले जानकारी गराउनु भयो ।
उहाँका अनुसार क्लबलाई जिल्लामै नयाँ ढंगले प्रस्तुत गर्न लागिएको जनाउदै यहि १८ गते देखि २५ गते सम्म वडा नं.१ को कालिका फुटवल मैदानमा फुटबल मेला लाग्ने जनाउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७५ हजार नगद रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र द्वितिय हुनेलाई ४५ हजार रुपैया पुरस्कार प्रदान गरिने क्लवका सचिव महताले जानकारी दिए । यस्तै अन्य विद्याका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागि शुल्क ५ हजार ५ सय राखिएको छ भने टिम दर्ता मिति २०८० भाद्र १० गते देखि १६ गते दिउँसो १ बजे सम्म समय रहेको क्लवले जनाएको छ । टिम दर्ता गर्दा ५० प्रतिशत दर्ता गर्दा दर्ता शुल्क जम्मा गर्नुपर्ने जनाइएको छ । खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन सबै खेलप्रेमिलाई क्लवले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>