Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ ११ गते सोमबार

जंगली हात्तीले आतंक मच्चाएको बस्तीमा रास्वपाको स्थलगत अनुगमन : सरकार मुकदर्शक भएर बसेको आरोप

दोधारा चाँदनी नगरपालिकाको हात्ती पिडित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टीको एक टोलीले स्थलगत अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदी पारि भारत संग सिमा जोडिएको बडुवाल टोल बस्तीमा आज राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टी दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालको टोलीले बडुवाल टोलमा जंगली हात्तीले गर्दै आएको क्षतीको बारेमा जानकारी लिएका छन् । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् । यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरुले बताउदै आएका छन् । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातिको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि खेतीवाली नष्ट गर्दै मानविय क्षतीको त्रास बढाएको छ् । राष्ट्रिय स्वतन्त्र (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले स्थानियहरु संग समस्याका बारेमा जानकारी लिएका छन् । संयोजक कुमालले हात्तीले क्षती गरेको धान तथा मकै खेतीको स्थलगत अनुगमन समेत गरेका हुन् । बडुवाल टोलमा नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । बिगत लामो समय देखि समस्या जटिल हुदै आएपनि सरकार पक्षले समस्याको हल गर्न तर्फ ध्यान नदिएको स्थानियहरुले गुनासो पोखेका छन् । राष्ट्रिय स्वतन्त्र (रास्वपा) का संयोजक कुमालले बिगत लामो समय देखि बस्तीमा जंगली हात्तीको बथानले खानेवाली नष्ट गर्दै मानविय क्षती गर्दै आएपनि सरकार पक्षले कुनै चाँसो नदेखाएको बताएका छन् । बस्तीमा मानविय क्षती हुने प्रवल सम्भावना रहेका हुदा स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारलाई बडुवाल टोल बस्तीको पिडा हल गर्न पहल गर्न दवाब दिने उनले बताएका छन् । तत्काल पार्टीका साथीहरु संग सरसल्लाह गरि हात्तीलाई धपाउन डिजल तथा केही सर्चलाईटको ब्यवस्था गर्ने राष्ट्रिय स्वतन्त्र (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले बताएका छन् । आज गरिएको स्थलगत अनुगमनमा राष्ट्रिय स्वतन्त्र (रास्वपा) पार्टी दोधारा चाँदनीका नगर संयोजक पुरन कुमाल, पार्टीमा आस्था राख्ने दिल बहादु्र सुनार, जित बहादुर जिसी रहेका थिए । अनुगमन गर्दै गर्दा दिउसै बस्तीमा जंगली हात्ती आएपछि त्रासद्धि मच्चीएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>