Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको तयारी सुदूरपश्चिममा तीव्र

नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट गर्न लागेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको तयारी सुदूरपश्चिममा तीव्र पारिएको छ । माओवादी केन्द्रको प्रदेश समितिले अभियानमा खटिनका लागि नेताहरुको कार्यविभाजन गरेको छ भने जिल्लादेखि वडा तहसम्म पार्टी कमिटीका बैठकहरु भइरहेका छन् ।

घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित देशैभरि एकसाथ सुरु हुने अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । सुदूरपश्चिममा अभियानको तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका सचिव जनक बुढाले जानकारी दिए । ‘अभियानका लागि नेताहरुको जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ’ सचिव बुढाले भने, ‘जिल्लाका बैठक सकेर प्रदेशका सबै पालिका र वडाका बैठकहरु हुँदैछन् ।’ पार्टीका केन्द्रिय सचिव एवम् प्रदेश इन्चार्ज डिलाराम आचार्यको संयोजकत्वमा तीन सदस्यीय अभियान सञ्चालन सचिवालय गठन गरिएको छ ।

स्थायी समिति सदस्य एवम् माओवादी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट र राष्ट्रिय सभा सदस्य एवम् माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ सचिवालयको पदेन सदस्य रहेका छन् ।अभियानको तयारीस्वरुप माओवादीले स्थायी समिति सदस्य भट्टको संयोजकत्वमा अभियान मुल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र सामाजिक विकास मन्त्री झपटबहादुर साउँद रहेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य ओमबिक्रम भाटको नेतृत्वमा जनक बुढा, अंजिता श्रेष्ठ, लोकबहादुर बोहरा र दिपेन्द्र रावल सदस्य रहेको प्रचार संयोजन समिति गठन गरिएको माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइले जानकारी दिए । अभियानलाई लक्षित गरेर माओवादीले प्रदेशका नौवटै जिल्लामा केन्द्रिय सदस्यहरुलाई इन्चार्जको रुपमा खटाएको सचिव भट्टराइले बताए ।

कैलाली जिल्ला इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुरमा बीरमान चौधरी, डडेल्धुरामा हरि ज्ञवाली ‘अखण्ड’ डोटीमा लक्षीराम आचार्य र दार्चुलामा नरेन्द्र कुँवरलाई जिल्ला इन्चार्जको रुपमा खटाइएको छ । त्यस्तै, बैतडीमा रामप्रसाद तिमिल्सिना, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल र अछाममा ओमप्रकाश पुनलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर खटाइएको माओवादी प्रदेश समितिले जनाएको छ । तीन महिने अभियानका लागि माओवादीले प्रदेशमा रहेका वैकल्पिकसहित ६६ जना केन्द्रीय सदस्य र प्रदेश सरकारका मन्त्रीहरुलाई समेत विभिन्न पालिकामा खटाएको छ । प्रदेश समितिले केन्द्रीय सदस्यहरुलाई अन्तरजिल्ला, प्रदेश सदस्यलाई अन्तरपालिका र वडा सदस्यलाई अन्तरवडामा खटाएको कार्यालय सचिव भट्टराइले जानकारी दिए ।

केन्द्रीय सदस्यहरु पूर्वमुख्यमन्त्री भट्टलाई चुरे गाउँपालिका, पूर्वमन्त्री बिना मगरलाई धनगढी उपमहानगरपालिका, तारामान स्वाँरलाई लम्की–चुहा नगरपालिका तथा प्रदेश अध्यक्ष चौधरीलाई मोहन्याल र बर्दगोरिया गाउँपालिकामा खटाइएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री साउँदलाई कञ्चनपुरको पुनर्वास नगरपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीलाई डडेल्धुराको आलिताल गाउँपालिकामा खटाइएको छ ।

अभियानको तयारीका लागि नौवटै जिल्ला कमिटीका बैठकहरु यही भदौ १० गने सम्पन्न भएका भट्टराइले जानकारी दिए । त्यस्तै प्रदेशका ८८ वटै पालिकाको बैठक भदौ १२ गते र सबै वडाको बैठक १४ गते तोकिएको माओवादी प्रदेश कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भदौ १६ गते देशभरका सात सय ५३ वटै पालिकामा अभियानको एकसाथ उद्घाटन गर्नेछन् ।

अभियानअन्तर्गत पार्टीको तल्ला कमिटीका बैठक, भेला र प्रशिक्षण गर्ने, सदस्यता नविकरण गर्ने, सहीद तथा बेपत्ताका परिवारलाई भेट्नुका साथै सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराइने माओवादी प्रदेश समितिका सचिव बुढाले जानकारी दिए । त्यस्तै बुद्धिजिवी, प्राध्यापक, सेवानिवृत्त कर्मचारी, मजदुर, व्यवसायीलगायतसँग छलफल, अन्तरक्रिया पनि गरिने उनले बताए । अभियानअन्तर्गत वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला, सम्मेलन गर्ने कार्यक्रमहरु पनि तय गरिएका छन् ।

अभियानमा पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर जनताको घरघर पुग्ने लक्ष्य राखिएको सचिव बुढाले बताए । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका बनाइएको माओवादीले जनाएको छ । पार्टीको आठौं महाधिवेशनले पारित गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिलाई पार्टी पंक्ति र जनसमुदायबीच पुर्याइने सचिव बुढाले बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ले पार्टीलाई बलियो र सुदृढ बनाउने उद्देश्यले तीन महिने अभियान सुरु गर्न लागिएको बताए । माओवादीका संगठनहरु भद्रगोलको अवस्थामा रहेका बेला यो अभियानले पार्टी पुनर्जीवनमा ठूलो सहयोग पुग्ने उनले बताए । ‘यसले संगठनहरुलाई चलायमान बनाउन र पार्टीलाई बलियो बनाउन ठूलो सहयोग पुग्नेछ’ अध्यक्ष चौधरीले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका काम र पार्टीले सरकारमा खेलेको भूमिकालाई जनताको माझमा लिएर जान्छौँ, यसले राजनीतिकरुपमा पनि हामीलाई फाइदा गर्छ ।’ सुदूरपश्चिममा माओवादीका ८८ हजार जना सदस्य रहेको बताइएको छ । अभियानका बेला सदस्यता नविकरणसँगै नयाँ सदस्यता वितरण गरेर सदस्यता संख्या बढाइने प्रदेश अध्यक्ष चौधरीले जानकारी दिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>