Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

जनतासंग माओवादि विशेष अभियानकाे तयारि बैठक शुक्लफाँटामा सम्पन्न ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)शुक्लाफाँटाले ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’को तयारी बैठक सम्पन्न गरेको छ ।

शुक्लाफाँटा नगरपालिकामा रहेका सबै नेताहरुको उपस्थीतीमा साेमबार नगर पार्टीले अभियान संचालनकालागि तयारी बैठक गरेको हो । माओवादी केन्द्रका शुक्लाफाँटा नगर पार्टी अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा बसेको विस्तारित बैठकमा कञ्चनपुर जिल्लाका ईन्चार्ज विरभान चौधरी प्रमुख अतिथी रहनुभएको थियो ।

नगर पालिकाका सबै वडाहरुमा केन्द्रिय सदस्यहरुको नेतृत्वमा प्रदेश र जिल्ला सदस्यहरुको सहभागितामा अभियानमा तिन चरणहरुमा विभिन्न कार्यक्रम गर्ने तयारी रहेको शुक्लाफाँटा नगर पार्टी सचिव दिपकराज भट्टले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले पार्टीमा देखीएका सबै समस्याहरुको समाधान गर्दै पार्टीलाई बलियो र जनप्रिय बनाउन तीन चरणका विभिन्न कार्यक्रमहरुमा जनता र पार्टी सदस्यहरुका विच विविध क्रियाकलाप गर्ने कार्यक्रमहरु रहेको नेकपा(माओवादी केन्द्र)का प्रदेश सदस्य तथा योङ्ग कम्युनिष्ट लिगका केन्द्रिय प्रचार प्रसार संयोजक नवराज ऐरले जानकारी दिुनभयो । शुक्लाफाँटा नगरपालिकाका १२ वडाहरुमा केन्द्रिय सदस्य, प्रदेश सदस्य र जिल्ला सदस्यहरुको उपस्थीतीमा ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’ संचालन हुने तयारी भएको छ ।

भाद्र १६ गते बाट औपचारिक अभियानको देशै भरी एक साथ सुरुहुने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । सोमबार शुक्लाफाँटामा भएको नगर पार्टीको विस्तारित बैठकमा सबै वडाका प्रतिनिधिहरुले आफे वडामा पार्टीका समस्या र समाधानमाबारे रिपोर्टीङ् गरिएको नगर सचिव भट्टले जानकारी दिनुभयो । बैठकमा पार्टी केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज विरभान चौधरी र जिल्ला संयोजक खेमराज पाण्डेयले पशिक्षणात्मक र निर्देशनात्मक मन्तव्य व्याक्त गरेको शुक्लाफाँटा नगर पार्टीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>