Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

कंचनपुरमा डेङ्गि संक्रमण बाट युवाँकाे मृत्यु ।

कञ्चनपुरको बेलौरीमा डेङ्गी रोगको संक्रमणका कारण एक युवाको ज्यान गएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ स्थित स्कुल टोलमा बस्ने २८ बर्षीय हिक्मत खत्रीको डेङ्गीबाट संक्रमित भई ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । अत्यधिक ज्वरो आएपछि धनगढी स्थित नोभा अस्पतालका लगिएका खत्रीको उपचारकै क्रममा गएराति मृत्यु भएको बताइएको छ । खत्रीका एक श्रीमती र दुई छोरा रहेका छन् । उनी बेलाबेलामा भारतमा गई रोजगारी गर्दै आएका थिए । उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए । भारतबाटै डेङ्गी संक्रमित भए वा घर फर्किएपछि भन्ने विषयमा खुल्न नसकेको सोही ठाउँ बस्ने तीर्थराज बोहराको भनाइ छ । उक्त क्षेत्रमा तत्काल डेङ्गी रोग नियन्त्रणको लागि लामखुट्टेका फुल नष्ट गर्न स्प्रे गरी सहयोग गरिदिन स्थानीय सरकारलाई अनुरोध गरिएको छ । सो क्षेत्रका युवाहरू सरसफाइ र जनचेतना अभिवृद्धिमा पनि लागेका छन् । उक्त घटनालाई गम्भीर रूपमा लिई सबैले सतर्कता अपनाउनु पर्ने सोही ठाउँ बस्ने बेलौरी नगरपालिकाका कर्मचारी अशोक पाण्डेयको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>