Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

विपद ब्यावस्थापन गर्न शसस्त्र प्रहरी  दाेधारा चाँदनीले खाेज र उद्धार तालीम संचालन

कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तालिम दिईएको छ । शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले दोधाराचाँदनीका सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तालिम दिईएको हो ।

शैलेश्वरी गण मातहत रहेको बोर्डरआउट पोष्ट सुन्दरनगर सहित आसपासका बिओपीमा कार्यरत सशस्त्र प्रहरीलाई नदीमा वेपत्ता भएका मानिस तथा बस्तुको खोज तथा उद्दारका लागि विपद् व्यवस्थापन तालिम लिईएको जनाईएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले वाढी, नदीमा फसेका मानिस तथा भौतिक समाग्रीको उद्दारका लागि सशस्त्र प्रहरीलाई तालिम दिईएको बताए । ईलेक्ट्रिोनिक मोटर तथा रबरबाेटबाट नदीमा हराएका मानिस तथा बस्तुको खोजउद्दार कसरी गर्ने भन्ने विषयमा दुई दिने तालिम लिईएको उनले बताए ।

जगबुढा नदीमा १५ जना सशस्त्र प्रहरीलाई मोटर तथा रबरबोट संचालन गरेर उद्दार कार्य बारे तालिम लिईएको छ । बिओपी सुन्दरनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र बम मुख्य प्रशिक्षक रहेका थिए । बरिष्ठ हवल्दार धन बहादुर बोहरा र हवल्दार रुद्र खत्री सहायक प्रशिक्षक रहेका थिए ।

महाकाली र जगबुढा सहितका ठुला तथा साना खोला नदी विपदको उच्च जोखिममा रहेको सीमावर्ती दोधाराचाँदनीमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको जनशक्ति थपिदै गएपछि उद्दार कार्यमा सहजता हुनेछ ।

विपद् उद्दारका क्षेत्रमा लामो अनुभव भएका सशस्त्र प्रहरी निरीक्षक बम नै उक्त क्षेत्रमा जिम्मेबारीमा भएपछि स्थानीय समेत जोखिम आईहालेपनि जनशक्ति रहेको भन्दै आशावादी रहेका छन ।


#शसस्त्र प्रहरी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>