Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

माओवादि विशेष अभियानकाे कंचनपुरका सबै पालिका बैठक सम्पन्न ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र)को तीन महिने अभियानको पहिलो चरणको पालिका स्तरिय बैठक सम्पन्न भएको छ । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को तयारीका लागि मंगलबार कञ्चनपुरका सबै पालिकाहरुको बैठक सम्पन्न भएको हो ।

नेकपा (माओवादी केन्द्र)को विशेष रुपान्तरण अभियान कार्यक्रम भाद्र १६ गतेबाट एक साथ देशभरी सुरु गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । कञ्चनपुर जिल्लामा अभियानको पहिलो चरणका कार्यक्रमहरु तयारी बैठक, भेटघाट लाई तिब्र पारिएको केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज बिरमान चौधरीले जानकारी दिनुभयो ।

“घर–घरमा माओवादी, जन–जनमा माओवादी” भन्ने नारा दिएर पार्टी नेताहरुलाई अन्तर जिल्ला तथा वडाहरुमा पठाएको छ । पार्टीलाई नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखेर पार्टीका सबै जन वर्गिय संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाईएको छ । 

मंगलबार भिमदत्त नगरपालिकाको बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ । भिमदत्त नगरपार्टीका अध्यक्ष अशोक चन्दको अध्यक्षतामा भएको बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज विरमान चौधरी प्रमुख अथिती रहनुभएको थियो । प्रमुख अतिथी चौधरीले पार्टीका सबै समस्या बुझ्न र जनताका समस्याको समाधान गर्न सबै पार्टी नेता कार्यकर्ताले लाग्नु पर्ने बताउनु भयो । बैठकमा निर्देशनात्मक तथा प्रशिक्षणात्मक अभिव्यक्ती दिदै ईन्चार्ज चौधरीले जन–जनमा माओवादी केन्द्रले गरेका उपलब्धीबारे जनतालाई बुझाईने बताउनुभयो ।

२५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने, आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीले चालेको अभियानमा कञ्चनपुर जिल्लामा १० केन्द्रिय सदस्यहरुको नेतृत्वमा प्रदेश, जिल्ला तथा नगर स्तरका नेताहरु अन्तर पालिका तथा वडाहरुमा जाने गरि कार्यविभाजन गरिएको सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा योङ्ग कम्युनिष्ट लिगका केन्द्रिय सचिव नवराज ऐरले जानकारी दिनुभयो । प्रदेश सदस्य ऐरका अनुसार मंगलबार जिल्लाका सबै पालिकाहरुका बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>