Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १३ गते बुधबार

हुलाकि सडकमा दुर्घटना हुदा,  स्थानियले गरे सडक बन्द ।

हुलाकी सडक खण्डको अवस्था जिण वन्दा समेत निर्माण कम्पनीले ध्यान नदिइदिदा बेलडाँडीका एक होनहार युवाले अकालमै ज्यान गुमाउनु परेको भन्दै आज बेलडाँडीका स्वस्फूर्त युवा समूहहरुले बेलडाँडी-दैजी मुख्य सडक अवरुद्ध गरेका छन् ।

बेलडाँडी बजार देखि झण्डै ५ सय मिटर पुर्व हुलाकी सडक खण्डको अवस्था जिण बन्दा सोही खाल्डोमा मोटरसाईकल लडेर बेलडाँडी १ राधाकृष्ण मन्दिर टोलका अन्दाजी २५ बर्षिया सुनिल सार्की गम्भिर घाइते भइ उपचारका लागि महेन्द्रनगर लैजाने क्रममा बाटैमा ज्यान गएपछि आज बेलडाँडीका युवाहरुले प्रशासन र निर्माण कम्पनीका विरुद्ध आवाज उठाउदै सडक जाम गरेका हुन् ।

 

हुलाकी सडमा खण्डका ठेक्दारको कम्जोरीले सडकमै ठुलो खाल्डो परेको थियो, सोही खाल्डोमा ती युवाले चलाएको मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना भएको थियो । हिजो दिउँसो घर देखि बेलडाँडी बजार समान किन्न हिडेका सुनिल सधैका लागि नफर्किने गरि हिडेका पछि बेलडाँडीका स्वस्फूर्त  युवाहरु आक्रोसित हुदै हुलाकी सडक निर्माण तुरुन्त गरिनु पर्ने माग र पिडित परिवारले क्षतिपुर्ती पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रेका हुन । अहिले बेलडाँडी वडा नं.२ क्याम्प देखी महेन्द्रनगर जाने आउने कार्य अवरुद्ध गरेका छन् ।

 

जाम खोल्न प्रशासनले जनशक्ति केन्द्रित गर्दै छ । सामाजिक संञ्जालमा स्थानीय सरकार र ठेकेदारको चर्को आलोचना हिजो देखि भइरहेको छ । उक्त सडक निर्माणको जिम्मा पाएका ठेकेदार नेपाली काँग्रेस डडेल्धुरा जिल्ला सभापति भीम साउद हुन् भने यता स्थानीय सरकारको नेतृत्व समेत नेपाली काँग्रेसले गरेको छ ।

सत्ता बाहिर छदा नफिजाएको ग्रावेलमा लडेर घाइते भएको भन्दै तत्कालीन समयमा गाउँपालिका ताला लगाने जानेहरु आफै सत्तामा हुदा लाज पचाएर बस्दा स्थानीय बासिन्दा झिन आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>