Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ १४ गते बिहिबार

जंगली हात्ती धपाउन बडुवाल टोलमा रास्वपा र नगरपालिकाले दियो डिजल

राँको बनाएर जंगली हात्ती धपाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र दोधारा चाँदनी नगरपालिका कार्यालयले बडुवाल टोलका स्थानियहरुलाई डिजेल उपलब्ध गराएको छ् । आज दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीलाई रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र नगरपालिका कार्यालयले २०/२० लिटर डिजल उपलब्ध गराएको हो । बडुवाल टोलमा भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीको कारण खेतीवाली नष्ट गर्नुको साथै घर भत्काउन थालेपछि स्थानियहरुमा त्रासको जिवन जिउन बाध्य भएका छन् । जगबुडा नदी पारि रहेको बडुवाल टोल भारतिय जंगल संग जोडिएको सिमा बस्ती हो । बिगत लामो समय देखि जंगली हात्तीको कारण खेतीवाली नष्ट गर्दै स्थानियहरुको घर भत्काउने तथा आक्रमण गर्दै आएपनि नेपाल सरकारले उक्त बस्तीमा हात्तीको कारण श्रजित समस्या हल प्रति खासै चाँसो नदेखाएको स्थानियहरुको आरोप छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले बिगत लामो समय देखि जंगली हात्तीको कारण श्रजित बस्तीको पिडालाई नेपाल सरकार गम्भिर नभएको आरोप लगाउदै किसानहरुले वर्षभरीको लागी लगाएको अन्नवाली हात्तीले क्षती गर्नुको साथै मानविय क्षती हुनेसक्ने प्रवल सम्भावना रहदै आएको हुदा उक्त बस्तीको समस्या निराकरण गर्न तत्काल गम्भिर हुनु पर्ने माँग समेत राखेका छन् । दुई दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक टोलीले बडुवाल टोलको स्थलगत अनुमगनमा रातीको समयमा हात्ती बस्तीमा पसेपछि राँको बालेर भाग्ने भएको हुदा राँको बाल्नको लागी डिजेल माँग भएकोले २० लिटर डिजेल उपलब्ध गराईएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले बताएका छन् । यस्तै आजै दोधारा चाँदनी नगरपालिका कार्यालयबाट समेत राँको बालेर हात्ती धपाउन २० लिटर डिजल उपलब्ध गराईएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् । २० देखि २२ वटा हात्तीको हुल बस्तीमा पसेर बस्तीनै आतंकित बनाउन थाले संगै ज्यान जोगाउन स्थानियहरु रातीको समयमा जाग्रम बस्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>