Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १५ गते शुक्रबार

राँको बालेर जंगली हात्ती धपाउदै बडुवाल टोलका स्थानिय, मुकदर्शक सरकार

हात्ती आतंकबाट सुरक्षाका लागि दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका स्थानियहरुले रातीको समयमा गस्ती संचालन गरेका छन् । भारत संग जोडिएको सिमा बस्ती बडुवाल टोलका स्थानियहरुले जंगली हात्तीले जनधनको क्षति गर्न थालेपछि स्थानियहरुले हात्ती धपाउन गस्ती संचालन गर्न थालेका हुन् । रातको समयमा आउने हात्तीको समूहले जनधनको क्षति गर्दै घर भत्काउने, अन्नबाली खाइदिने, लत्ताकपडा, भाँडाकुडा नोक्सान गर्ने क्रम बढेपछि सुरक्षाका लागि गस्ती गर्न थालेका हुन् । उनिहरुले आगोको राँको बनाएर मध्यरात सम्म गस्ती थालेको स्थानियबासी आशा राना क्षेत्रीले बताएका छन् । स्थानियहरुले नियमित गस्ती गर्ने, जंगली हात्ती आउने बाटोको निगरानी गरेर ठाँउ–ठाँउमा आगो बाल्ने, सायरन बजाउने, आगोको राँको बाल्ने, सिठ्ठी बजाउने कार्य गर्दै आएका छन् । सरकारले आफुहरुको पिडा नसुनेको भन्दै उनिहरुले आक्रोस ब्यक्त गर्दै आएका छन् । बस्तीमा जंगली हात्ती तथा अन्य वन्यजन्तु पसेको थाहा पाउना साथ बस्ती भरी सबैलाई सूचना दिने गरेको गर्दै आएको उनिहरुले बताएका छन् । बडुवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व चलिरहेको छ् तर, उनीहरुको पीडा सुन्न कोही तयार देखिन्न् । हात्तीको हुल वर्षेनी आउदै गर्दा ३ वर्ष अघि मात्रै संघीय सरकारको बजेटले बडवाल टोलमा ११ थान सौर्यबत्ती जडान गरेको थियो । जडान गरिएको सौर्यबत्ती बिग्रीएको छ् । हात्तीबाट जोग्गिन संघीय सरकारले सौर्यबत्ती जडान गरेपनि मर्मत, संभारको अभावमा सौर्यबत्ती बेकामे भएको स्थानीयहरुको भनाई रहेको छ् । हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन सहजताको कारण सौंर्यबत्ती जडान गरिएको थियो । बस्तीमा सौर्यबत्ती बिग्रीएपछि स्थानियहरुले आगोको राँको बनाएर हात्ती धपाउदै आएका छन् । स्थानीय किसानहरुको खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातीको समयमा आउने हात्तीको बथानले विगत लामो समय देखि सताउनु सताएको छ् । खेतमा गहुँ, धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातीको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ्  । यो हिजो आजको मात्रै समस्या हैन् । विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन् । खेती हरियो भएसंगै हात्तीको बथानले लगाएको खेतीलाई खाएर, उधनेर नष्ट गर्दै आएको लक्ष्मी रानाले बताए । केही दिन देखि फेरि हात्ती धपाउन रातको समयमा स्थानीयहरु जाग्रम बस्दै आएका छन् । जंगली हात्तीको कारण जनजीवन अत्यन्त प्रभावित भएपनि सुरक्षाकर्मीको उपस्थिती भने कहि कतै देखिन्न् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>