Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ १६ गते शनिबार

जंगली हात्तीबाट ज्यान जोगाउन भाग्दा बडुवाल टोलका ७ वर्षिय बालिका घाईते

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका एक बालिका घाईते भएका छन् । घर नजिकै राती जंगली हात्ती आएपछि ज्यान जोगाउन भाग्दा ७ वर्षिय निरुता लोहार घाईते भएका हुन् । भाग्दै गर्दा काँडेतारमा फसेर उनको आँखा र पेटमा चोट आएको उनका आमा जयन्ती लोहारले बताएका छन् । गएराती हात्तीको बथान लोहारको घर नजिक आएर ठुलो स्वरले कराएपछि लोहारको परिवारजनमा चिल्लीबिल्ली भएको थियो । भाग्ने क्रममा निरुता घर नजिक रहेको काँडेतारमा अल्झिएका थिए । केही दिन अघि पनि बडुवाल टोलकै हात्तीबाट ज्यान जोउन भाग्दै गर्दा महाविर क्षेत्री घाईते भएका थिए । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातीको समयमा आउने हात्तीको बथानले विगत लामो समय देखि सताउनु सताएको छ् । खेतमा गहुँ, धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातीको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ्  । यो हिजो आजको मात्रै समस्या हैन् । विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>