Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ १६ गते शनिबार

माओवादी केन्द्रले देशै भरी एकै साथ उद्घाटन गर्यो विषेश रुपान्तरण अभियान कञ्चनपुरका ९२ वडामा भव्यताका साथ अभियानको उद्घाटन

अरुण भट्ट -

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियानको उद्घाटन देशै भरी एकै साथ उद्घाटन गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार पार्टी कार्यलय पेरिसडाडाँबाट देशै भरीका पालिकाहरुमा जम्मा भएका कार्यकर्ता तथा जनताहरुलाई सम्बोधान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
देशै भरीको अभियानको उद्घाटनमा हजारौ माओवादी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कञ्चनपुरका नौ पालिकाहरुमा दश केन्द्रिय सदस्यहरुको नेतृत्वमा रहेका सबै क्षेत्रहरुका पालिकाहरुमा शनिबारको कार्यक्रम सम्पन्न भएको माओवादी कञ्चपुरका संयोजक खेमराज पाण्डेयले जानकारी दिनुभयो । पहिलो चरणको कार्यक्रमहरु अन्तरगत विभिन्न कार्यक्रमहरु तय गरेको माओवादीले यस अभियानबाट देशै भरीका आठ लाख पार्टी सदस्यहरुको परिचालन गर्दै २५ लाख बढी जनताहरु संग पुग्ने उद्देश्य राखेको छ ।
शनिबार शुक्लाफाँटा नगरपालिकामा भएको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा पालिका टोली नेता सरु चौधरीले माओवादी पार्टीले स्थापित गरेका ऐजेण्डाहरुको जनतामा राम्रो गरि जन सञ्चार गर्नुका साथै जनताका समस्या र पिडाहरुको पहिचान र समाधानको काम पार्टी निर्माण संगै अघि बढाउनु पर्ने बताउनु भयो । केन्द्रिय सदस्य चौधरीले पार्टीमा नेताहरुको आनीबानी विग्रेको मात्र नभएर हामी सबैको समस्या भएकाले जनता गएर सच्चिन र जनता संग माफी माग्दै अभियानमा लाग्नु पर्ने बताउनु भयो ।
कञ्चनपुर जिल्ला ईन्चार्ज बिरमान चौधरीले जिल्लाका पार्टी भित्रका सबै समस्याको समाधान र सम्भावनाको व्यापक खोजी भैरहेको र अभियानको अन्त सम्ममा पार्टी बलीयो भएर आउने बताउनु भयो । “घर–घरमा माओवादी, जन–जनमा माओवादी” भन्ने नारा दिएर पार्टी नेताहरुलाई अन्तर जिल्ला तथा वडाहरुमा पठाएको छ । पार्टीलाई नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखेर पार्टीका सबै जन वर्गिय संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाईएको छ ।
माओवादी केन्द्रले कञ्चनपुरमा केन्द्रिय सदस्यहरुलाई दश क्षेत्रमा कार्य विभाजन गरेको छ । जसमा बेलडागी गाउपालिका वडा नं. १ देखि ५ र बेलौरी नगरपालिका वडा नं. ९ र १० मा कृष्ण कुमार चौधरी, बेलौरी नगरपालिका वडा १ देखि ८ सम्म दिपा चौधरी र गंगा चौधरी, पुर्नवास नगरपालिका वडा १ देखि ९ सम्म झपट साउँद र राजेन्द्र साउँद, लालझाडी गाउँपालिका वडा १ देखि ६ साथै पुर्नवास १० र ११मा विनीता चौधरी, कृष्णपुर नगरपालिका वडा नं. १ देखि ९ मा नेप बहादुर चौधरी, शुक्लाफाँटा नगरपालिका वडा नं. १ देखि १२मा सरु चौधरी र बेतकोट नगरपालिकाको वडा नं. १ देखि १० मा विरमान चौधरी, भिमदत्त नगरपालिका वडा नं. १ देखि ९ र १९मा गोविन्द तिमिल्सीना, भिमदत्त नगरपालिका वडा नं. १० देखि १८मा शंकर खडका, र दोधारा चाँदनी नगरपालिका वडा नं. १ देखि १० मा हरि श्रीपाईलीलाई जिम्मेवारी दिईएको छ ।


#जनतासंग विशेष रुपान्तरण अभियान

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>