Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १६ गते शनिबार

परीक्षा नियन्त्रण कार्यालयकाे गलत मिडियावाजि प्रति ध्यानाकर्ष भयाे : युवा संघ ।
फायल फाेटाे

सुदुरपश्चिम विश्वविद्यालयकाे परीक्षा नियन्त्रण कार्यालयले गलत मिडियावाजि गरेकाे आराेप लगाउदै ध्यानाकर्षण भएकाे भन्दै एकीकृत समाजवादि निकट युवा संघले शनिवार एक बिज्ञप्ति जारि गरेकाे छ ।

जिल्ला सचिव सराेज कुमार बिष्ट र प्रदेश काेषाध्यक्ष जितेन्द्र चन्द द्वारा हस्ताक्षरित बिज्ञप्तिमा आफ्नाे पार्टी निकट विद्यार्थी संगठनद्वारा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले मिति २०८०/४/१७ गते संचालन गरेको स्नातक तह छौठौं सेमेस्टर परिक्षाको प्रश्न पत्र विषयलाई लिएर संगठनद्वारा मिति २०८०/०४/१८ गते परिक्षा नियन्त्रण कार्यालयको नियन्त्रक र सह नियन्त्रक कक्षमा गरिएको तालाबन्दिलाई मिति २०८० / ५/१० गतेका दिन पनिका पदाधिकारीको प्रत्यक्ष संलग्नतामा ताला तोडेको भन्ने जानकारी प्राप्त भए पछि हाम्रो संगठनका नेताहरु पनिका नियन्त्रक संग छलफल गर्न जांदा उल्टै नियन्त्रक देवसिंह नाथले गाली गलौज तथा अपशब्द प्रयोग गर्नुका साथै पहिलेकै ताला तोड़ने समुहलाई (जत्था ) बोलाएर कार्यालय तोडफोड गर्न लगाई आफैले गलत ढंगले मिडियावाजी गरेको प्रति हाम्रो संगठन युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ  ।

उक्त घटनालाई लिएर हाम्रो अनेरास्ववियूका जिल्ला इन्चार्ज रमेश पन्त र विद्यार्थी नेता तोयाराज जोशी लगायतका विद्यार्थी नेताहरु माथि झुटा मुद्दा लगाउने प्रयास गरेको प्रति खेद प्रकट गर्दै अविलम्ब सो मुद्दा खारेजीको माग समेत गर्दछौं अन्यथा हाम्रो संगठन कडा आन्दोलनमा जान बाध्य हुने समेत जानकारी गर्दछौ बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै विद्यार्थी संगठनले उठाएको परिक्षा नियन्त्रण कार्यालयले गरेको गम्भिर गल्ती गर्नेलाई कार्वाही गरि सार्वजनिक गर्न समेत अनुरोध गर्दछौं । साथै त्रिभुवन विश्व विद्यालय लगायत अन्य विश्व विद्यालयहरुले हुबहु प्रश्न पत्र आएको खण्डमा उक्त परिक्षा रद्द गर्ने गरेकोमा सोही प्रकृतिको सुदूरपश्चिम विश्व विद्यालयमा पनि भएकाले सो घटनाको छानविन गरि सम्बन्धित व्यक्तिलाई कार्वाही गर्न र परिक्षा रद्द गर्न समेत जोडदार माग गर्दछौं भनिएकाे छ ।

शुक्रबार परीक्षा नियन्त्रण कार्यालयमा ताेडफाेड भएकाे थियाे । उक्त घट्नामा परीक्षा नियन्त्रकले अनेरास्ववियुकाे नेताहरुले ताेडफाेड गरेकाे बताएका छन भने, अनेरास्ववियुले ताला ताेड्ने समुहललाई बाेलाई परीक्षा नियन्त्रकले नै ताेडफाेड गरेकाे बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>