Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १७ गते आइतबार

प्रहरी अधिकृतकाे सरुवा, सुदुरपश्चिम प्रदेशमा प्रहरी यसपि डियसपि काे गए काे आए
फायल फाेटाे

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक एसपीहरू र १२० जना नायव प्रहरी उपरीक्षक डीएसपीहरूको सरुवा गरेकोे छ। सरुवा गरेसँगै सुदूरपश्चिमका सबै जिल्लाका उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूको पनि सरुवा भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निर्णयअनुसार एसपी र डीएसपीको सरुवा गरेका हुन्। २०८० सालको भाद्र महिना देखिको तलब, भत्ता, समेतहाल सरुवा भएको दरवन्दीबाट खान पाउने गरी एसपी र डीएसपीको सरुवा गरीएको हो। सरुवा भएको ठाउँमा नयाँ व्यक्तिलाई पठाएको छ। नेपाल प्रहरी बिशेष सुरक्षागण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत भिमकिरण बोगटीलाई बाग्मती प्रदेश प्रहरी कार्यालय, डोटीमा कार्यरत राजेन्द्र प्रसाद धमलालाई नेपाल प्रहरी प्रधान कार्यालयकाठमाण्डौँ, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत राम प्रसाद घर्तिमगरलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत हाल बाँकेमा सरुवा गरिएको छ।

बिष्णुहरी कोइराला सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत ब्यवस्थापन महासाखा धनगढीमा र प्रेम बहादुर बस्नेत नेपाल प्रहरी विशेष सुरक्षागण महेन्द्रनगर कञ्चनपुरमा आउने भएका छन्। अनिल कुमार उप्रेती नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियामा आउने भएका छन्। जिल्ला प्रहरी कार्र्यालय डडेल्धुरामा कार्यरत मनोहर प्रसाद भट्टको रुपन्देहीमा सरुवा गरिएको छ भने दिपक कुमार कार्की जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सरुवा भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रेम बहादुर शाही कोटेश्वर काठमाण्डौँमा सरुवा भएका छन्। दिपकराज गिरी जिल्ला प्रहरी कार्यालय बैतडीमा आउने भएका छन्। नयाँबानेश्वर काठमाण्डौँमा कार्यरत निशान्त श्रीवास्तव जिल्ला प्रहरी कार्यालय डोटी, नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यकता सेक्टर नक्साल काठमाण्डौँमा कार्यरत शिब बहादुर सिंहको दार्चुलामा आउने भएका छन्।

कैलालीको अत्तरियामा कार्यरत दिपेन्द्र कुमार पाल महेन्द्रनगर कंचनपुर मानवश्रोत ब्यवस्थापन शाखामा, जिल्ला प्रहरी परिसर काठमाण्डौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत भरत बहादुर शाह बझाङ्गमा सरुवा भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय कल्याण महाशाखा नक्साल काठमाण्डौँमा कार्यरत विश्वराज अधिकारी ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीमा, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत सुर्य बहादुर थापाको नेपाल प्रहरी शिक्षालय आधारभुत तालिम शाखा भरतपुर चितवनमा सरुवा गरिएको छ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>