Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १७ गते आइतबार

बर्षाका कारण भारत पाकिस्तान खेल रद्ध, दुबैले बाडे समान एक एक अंक, पाकिस्तान अन्तिम चारमा समेटियाे

एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । शनिबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा पहिलो इनिङपछि लगातार वर्षा हुँदा खेल रद्द गरिएको हो ।

खेल रद्द हुँदा दुवै टिमले समान एक अंक पाएका छन् । योसँगै पाकिस्तान प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्ने पहिलो टिम समेत बनेको छ ।

पाकिस्तानले प्रतियोगिताको उद्घाटन खेलमा नेपालमाथि २३८ रनको फराकिलो जित निकालेको थियो । भारतको भने यो पहिलो खेल थियो ।

पाकिस्तानसँगको नतिजाले अन्तिम चारमा प्रवेशका लागि भारतले अब नेपाललाई हराउनैपर्ने समीकरण बनेको छ । भारतविरुद्ध विजयी भए नेपाल अन्तिम चारमा प्रवेश गर्नेछ । नेपाल र भारतबीचको खेल आउँदो सोमबार पालेकेले रंगशालामा नै हुनेछ ।

शनिबार टस जितेर ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको थियो ।

भारतका हार्दिक पन्ड्याले ८७ रन बनाए । भारत ६६–४ को नाजुक अवस्थामा रहँदा ब्याटिङका लागि आएका पन्डयाले इशान किसनसँग १३८ रनको साझेदारी गरेका थिए । किसनले ८२ रन जोडे ।

श्रेयस ऐयर र रवीन्द्र जडेजाले समान १४ रन बनाए । जसप्रीत बुमराहले १६, कप्तान रोहित शर्माले ११ र शुभमन गिलले १० रनको योगदान गरे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३५ रन खर्चिए । ह्यारिस रौफ र नसिम साहले समान तीन विकेट लिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>