Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १७ गते आइतबार

आफू सच्चिन तयार भएर गाउँ गाउँ पसे माओवादी केन्द्रका नेताहरु
दार्चुलाकाे बिकट पालिका अपिहिमाल उक्लिदै माओवादी नेताहरु

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै स्थानीय तहमा माओवादीले अभियान सुरु गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले शनिवार दिउँसो अभियानको सुरुवात गरेसँगै सुदूरपश्चिममा पनि अभियान  सुरु भएको हो। सुदूरपश्चिममा ७९ वटा टोली परिचालन गरिएको माओवादीले बताएको छ।

नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुरु भएसँगै माओवादीका नेता कार्यक्रता गाउँ छिरेका हुन्। पार्टी सचिव डिलाराम आचार्यले धनगढी उपमहानगरपालिका सबै वडाको संयुक्त रुपमा अभियानको उद्घाटन गरे। प्रचण्डको सम्बोधनपछि कार्यक्रमलाई सम्बोधन गर्दै सचिव आचार्यले अभियान जनतालाई रुपान्तरण गर्न नभएर माओवादी आफू रुपान्तरण हुन संचालन गरिएको बताए।

माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान संचालन गरिएको बताउँदै आचार्यले भने, ‘अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो सफा गर्न तीन महिने अभियान सुरु गरिएको हो ।’ आचार्यले जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकोले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको बताए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिना मगर, दिपक साउद, लक्ष्मी बिक, निर्मला बडाल, धनगढी उपमहानरपालिकाका इन्चार्ज निर्मल शाहलगायतले तीन महिने अभियानको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए।

याे अभियान सुरु भएसंगै माओवादि नेता लामाे समय पछि दुर दराज सम्मका गाउँ गाउँ प्रवेश गरेका छन । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>