Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दाेधारा चादनी
२०८० भदौ १९ गते मङ्गलबार

‘ज्यान जोगाउन छिमेकीको घर आश्रय लिएर रात काटे’

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका जयन्ती लुहार र उनका श्रीमान चन्द्र लुहार राती घर नजिकै जंगली हात्तीले धान खान थालेको थाहा पाएपछि राँको बालेर हात्ती धपाउन ब्यस्त थिए । धपाउदा हात्ती खेतवारीबाट नगएपछि फर्केर घर फर्किदै थिए । त्यही बेला आगनमै एक्कासी अजंगको जंगली हात्ती देखा पर्‍यो । रातीको समयमा हत्तपत्त दुबै श्रीमान श्रीमती सुतिरहेको नानीलाई हात्तीबाट बचाउन घर भित्र छिरे । सुतेको स्थानमा हेर्दा नानीहरु नभेटेपछि बाहिर निस्के । हात्ती आएको थाहा पाउन साथ नानीहरु घरबाट हामफालेर भागिसकेका रहेछन् । हात्तीबाट ज्यान बचाउदै भाग्दै गर्दा काँडेतारमा फसेर ७ वर्षे निरुतालाई आँखा र पेटमा चोट लाग्यो् । भाग्ने क्रममा निरुता घर नजिक रहेको काँडेतारमा अल्झिएका थिए । छोरी निरुतालाई काँडेतारबाट निकालेर सबै जना चिच्याउदै भागाभाग गरे । घर नजिक पुगेको अजंगको हात्तीले मज्जाले धान खायो । घर भत्काएर धान खान थालेपछि जयन्ती लोहारका परिवारहरु छिमेकी संग गुहार माग्दै कराउन थाले । एकै छिनमा हात्ती भगाउन भाडाकुडा, ढोल बाजा बजाउदै चिच्याउन थाले । बच्चा संग आएको हात्ती टसमस गरेन् । ढुंगामुढा हाने पछि बल्ल हात्ती बारी सम्म त गयो । तर बस्ती छाडेन् । बस्ती तिर मुख फर्काएर एकै ठाँउमा उभी धान र मकै खाईरह्यो । त्यस रात जयन्ती लोहारको जहानपरिवार घरमा सुत्न सकेनन् । छिमेकीको घरमा आश्रय लिएर रात काटे ।

कुनै पनि बेला फेरी हात्ती बस्ती पस्न सक्ने भन्दै गाँउलेहरु बिगत लामो समय देखि त्रासमै रात बिताउदै आएका छन् । सिँगो बस्तीनै यतीखेर जंगली हात्तीको त्रासमा छ् । नेपाल–भारत सिमा संग जोडिएको बस्तीमा भारतिय जंगलबाट बस्ती पस्ने हात्तीको बथानले बालीनाली सखाप पार्न थालेपछि बडुवाल टोलमा हिजो आज हात्तीको डरले रातभर जाग्राम बस्न थालेका छन् । दिनहुजसो बस्तीमा बच्चा सहितको जंगली हात्ती पसेर आतंकित भएका स्थानीयबासीहरु आफनो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका हुन् । हात्ती भगाउन बस्तीका स्थानियहरु हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन् । आफना परिवारका बुढाबुढी र केटाकेटीलाई उनीहरुले घर भन्दा टाढा अन्यत्र सुरक्षित स्थानमा राख्ने गरेका छन् ।

यस वर्षको धान तथा मकै वालीको सिजनमा दुई महिना देखि जंगली हात्तीले बस्तीमा त्रास फैलाएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् ब्यवस्थापनको प्रांरम्भिक तथ्यांकमा झण्डै ३० जना भन्दा बढी किसानहरुको बालीनाली नष्ट पनि गरेको छ । एकै रातमा आएको हात्तीको बथानले दर्जनौ किसानहरुको धान तथा मकैवाली नष्ट गर्दै आएको तथ्यांकमा उल्लेख छ् । किसानहरुको अन्नवाली नष्ट गर्दै जाँदा बस्तीमा भोकमरी हुने सम्भावना बढेको स्थानियहरु बताउछन् । रात पर्ना साथ त्रासमा बस्नु यहाँका गाँउलेहरुको दैनिकी भइसकेको छ् । वषौं देखि हात्तीले त्रसीत बनाएको छ् । ‘दिनहुजसो रातीको समयमा हात्ती बस्तीमा पस्छ । बालीनाली त परै जावस ज्यान जोगाउनै सकस भईसक्यो, स्थानियबासी आशा थापाले भने– ‘सुरक्षित र ढुक्क भएर आफनो घरमा सुत्न पनि पाईदैन् ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>