Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०८० भदौ १९ गते मङ्गलबार

जंगली जनावरकाे लागि राखेकाे धरापमा परेर कुँवरकाे मृत्यु

धनगढीमा जंगली जनावरका लागि थापेको विद्युतीय तारमा परेर धनगढीकी मञ्जु कुँवरको मृत्यु भएको छ। धनगढी–३ की अन्दाजी ३२ वर्षीया कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ। यस्तै घटनास्थलमा भारतबाट भन्सार चोरी निकासी गरि ल्याइएका केही सामानहरु भेटिएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>