Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १९ गते मङ्गलबार

जवरजस्ति गर्वपतन गराउन खाेज्दा खुल्याे बलात्कार
फायल फाेटाे

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ बस्ने अमरसिंह राना विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । राना विरुद्ध सोही गाउँ बस्ने २२ वर्षीया एक युवतीले जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताउनु भयो ।  रानाले आफूलाई डर धम्की दिई पटक पटक जबरजस्ती करणी  गरेको युवतीको आरोप छ । कान्छी श्रीमती बनाउँछु भन्दै पटक पटक शारीरिक सम्बन्धमा रहेपछि गर्भ रहन गएको तर रानाले आर्थिक प्रलोभन देखाउँदै गर्भपतन गर्न दबाब दिएपछि घटना बाहिरिएको खुल्न आएको छ । घटना केही दिन अगाडि नै बाहिरिएको भए पनि युवतीले ढिलो गरी रानाको नाममा किटानी जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डाँगीले बताउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>