Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०८० भदौ १९ गते मङ्गलबार

माओवादी आफू रुपान्तरण हुन जनातामा आएका हउ आचार्य

नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताए । उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महशुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।

मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, “जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो फखाल्न जनतामा फर्केका हौं ।”

सचिव आचार्यले अहिलेको राजनीतिक उपलब्धी आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको बताउँदै त्यसको पुष्टि पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टिल गरेको बताए ।

माओवादीप्रतिको विश्वास गुम्नु अस्वीकार नभएको बताउँदै आचार्यले भने, “माओवादीको जनताको विश्वास गुम्नुको मुख्यकारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको नै हो ।

एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।” आफूहरुले गम्भीर समिक्षा गरेर फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्ने परी नेता कार्यकर्ताले प्रतिवद्धता जाहेर गरेर जनतामा फर्केको बताए ।

सचिव आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चि प्रदेशमा ७९ वटा अभियान टोली खटिएको जानकारी दिए । सुदूरपश्चिमका ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएको समेत जानकारी उनले दिए ।

अभियान टोलीले पहिलो चरणका कार्यक्रम चलिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको आवस्थाको बिस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए ।

थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठूलो जनशक्ति दूरदराजका बस्तीमा केन्द्रीत गरेको बताउँदै आचार्यले पार्टी रुपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।

एक अर्को प्रसंगमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भएपनि गरिबी, बिपन्नता, बेरोजगारीलगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्नेगरी पार्टीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>