Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० भदौ १९ गते मङ्गलबार

छैठौं बेल्डाँडी खुला फुटबल प्रतियोगिता: दोस्रो दिनका खेल सम्पन्न, तीन टिम बिजय

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेल सम्पन्न भएका छन्।
मंगलबार बेल्डाँडिमा सञ्चालन भैरहेको बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेलमा अल स्टार युवा क्लब "ए" , झिलमिला युवा समाज र वाई बि स्टार बिजय भएको अल स्टार युवा क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो।

उपाध्यक्ष खडायतका अनुसार , दोस्रो दिनको पहिलो खेल अल स्टार युवा क्लब र  जननमुना युवा क्लब बिच भएको खेलमा ३-० गोलको अन्तरले अल स्टार संग जननमुना पराजित भएको हो।

दोस्रो खेलमा झिलमिला युवा समाज "बि" र लालझाडी-११ बिच भएको थियो। उक्त खेलमा झिलमिला युवा समाज संग २-० गोलको अन्तरले लालझाडी-११ पराजित भयो। र उक्त दिनको अन्तिम खेल इगल एफसी वाणी र वाई बि स्टार बिच भएको थियो। उक्त रोमाञ्चक खेलमा वाइ बि स्टारले २-१ गोलले इगल एफ सि वाणी लाई हराउदै वाई बि स्टारले पहिलो जित निकालेको छ।

भोलि तेस्रो  दिनमा चार खेल हुनेछन् । पहिलो खेल बिहान ८ बजे बेल्डाँडी ब्याज एकेडेमी र बेलौरी नगरपालिका वडा न.९ बीच हुने छ, दोस्रो खेल चेतना युवा क्लब र अमर ज्योती क्लब बिच बिहान १० बजे, तेस्रो खेल दिउँसो १ बजे इटाहा चारपाते युवा क्लब र जय लक्ष्मी युवा क्लब बेल्डाँडी बिच हुनेछ भने उक्त दिनको चौथो अन्तिम  खेल  क्लब दोधारा चादनी  र सिहपाल क्लब बेलौरी दिउँसो ३ बिच हुनेछ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>