Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २० गते बुधबार

मानब बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवसको पुर्वसन्ध्यामा माईती नेपाल कञ्चनपुरको अनुशिक्षण

माईती नेपाल कञ्चनपुरले मानब बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवसको पुर्वसन्ध्यामा यातायातकर्मीलाई प्रशिक्षण दिएको छ् । मानव बेचविखन तथा ओसार पसार नियन्त्रणमा यातायातकर्मीको उल्लेख्य भुमिका हुने कुरालाई मध्यनजर राख्दै यातायातकर्मीलाई प्रशिक्षण दिईएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । देशका विभिन्न स्थानबाट कञ्चनपुर नाकाहरु हुदै भारतका  विभिन्न शहरहरु लगाएत तेस्रो मुलुक सम्म नेपाली महिला तथा बालबालिकाको ओसार पसार तथा बेचबिखन हुने गरेको तथ्यहरु सामुन्ने आएपछि मानब बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवसको पुर्वसन्ध्यामा माईती नेपालले यातायातकर्मीहरुलाई मानव बेचबिखन तथा ओसार पसार विरुद्ध नियमित रुपमा प्रशिक्षण दिने र अन्तरक्रिया गर्दै आएको छ् । कञ्चनपुर जिल्लाको मुख्य सिमा नाका गड्डाचौकी हुदैं भारतिय शहरहरु दिल्ली, देहरादुन, हरिद्धार लगाएत अन्य स्थानका लागि दैनिक रुपमा सञ्चालन हुने बस/अटोका चालक, सह–चालक तथा परिचालक र विद्यमान पेशागत संघ/संगठन/समितिका पदाधिकारी, कर्मचारीलाई समेटी प्रशिक्षण दिईएको हो । ‘यातायात साधनको प्रयोग बिना ओसारपसार सम्भव छैन् । यो तथ्यलाई नकार्न पनि सकिदैन । चाहे त्यो निजी सवारी साधन होस् वा सार्वजनिक नै किन नहोस् । प्रथम चरणमा सहभागीहरुलाई मानव बेचबिखन भनेको के हो ? ओसारपसार भनेको के हो ? यिनीहरु बिचको भिन्नता र सम्बन्ध अनि नेपालको कानुनमा रहेको दण्ड सजाय’ सम्बन्धी व्यवस्थाका बारेमा प्रशिक्षण गराईएको छ् । कार्यक्रमको दोस्रो चरणमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सहभागीले के, कसरी सहयोग गर्न सक्छन भन्ने बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा अधिकांश सहभागीहरुले यो अघि आफुहरु यस बारेमा अनभिज्ञ रहेको र आगामी दिनमा यस्ता गतिविधि प्रति सचेत रहने प्रतिबद्धता जनाए । प्रशिक्षणकै क्रममा राय/सल्लाह दिने क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपालका सदस्य रमेश कोलीले माइती नेपालले सञ्चालन गरेको प्रशिक्षण एकदमै प्रभावकारी रहेको बताएका छन् । ‘मानिसहरु कसरी ओसारपसार हुदो रहेछन् र कसरी बचाउन सकिन्छ भन्ने बारमो बिस्तृत जानकारी पायौं’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपालका सदस्य रमेश कोलीले भने– ‘अबका दिनमा हामी सचेत रहने छौ र यस्ता गतिविधी देखे सुने सम्बन्धित निकाय तथा माइती नेपाललाई  खबर गर्नेछौ ।’ महाकाली यातायातका कर्मचारी जयराज पन्तले माइती नेपालले हामी यातायातकर्मीलाई समेटेर यस्तो महत्वपुर्ण कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिएका छन् । उनले सार्वजनिक यातायातका साधन प्रयोग गरि यात्रा गर्ने सबै यात्रुहरु कहाँबाट यात्रा सुरु गरि कहाँ सम्मको यात्रा तय गर्छन् र यात्रा सहज कसरी गराउने भन्ने विषयलाई नियाल्ने क्रममा कुनै यात्रु माथी शंका लागेमा त्यस्को जानकारी तत्काल माइती नेपाललाई गर्ने प्रतिबद्धता जनाएका छन् । आजै माइती नेपालले मानब बेचबिखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसको पुर्वसन्ध्यामा महिला मानव रक्षक सञ्जालको समन्वयमा मानव बेचबिखन विरुद्ध ग्रामिण स्तरमा जनचेतना जगाउन भीमदत्त न.पा १६ बसन्तपुर स्थित प्रभात विद्या निकेतनमा पनि विद्यार्थीहरुलाई अनुशिक्षण समेत प्रदान गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>