Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०८० भदौ २० गते बुधबार

माओवादी केन्द्रकाे रुपान्तरण अभियान दार्चुला तिब्र रुपमा अगाडि बढ्दै ।

दार्चुला जिल्लामा माओवादि केन्द्रकाे जनतासंग माओवादी विशेष रुपान्तरण अभियान तिब्र रुपमा अगाडि बढेकाे छ ।

जिल्लाकाे लेकम ,मालिकार्जुन,ब्यास  गाउँपालिका, शैल्यसिखर नगरपालिका स्तरीय भेला सम्पन्न भई सकेका माओवादि दार्चुला कार्यालय हेर्ने जीवन लाेथ्यालले बताएका छन ।

यस्तै जिल्लाकाे नाैगाड गाउपालीकाले सबै वडाहरुमा पहिलाे चरण काे कार्यक्रम सम्पन्न गरेकाे छ भने  अपि हिमाल गाउँपालिकामा आज वडा १ र ५, मार्मागाउँपालिका वडा ६, दुँहु गापा काे वडा ५, महाकाली नपाकाे वडा २ मा कार्यक्रम आज सम्मपन्न भएका र बाकि ठाँहरुमा समेत गाैराकाे अवसरका समेत कार्यक्रमहरु निरन्तर चलिरहेकाे प्रदेश सदस्य दिपक जाेशीले बताएका छन ।
दुहुँमा श्रद्धाञ्जली सभा सम्पन्न

दुहुँ गाउँपालिका -५ स्थित नेकपा (माओवादी केन्द्र) का वडा कमिटि अध्यक्ष हर्क बहादुर ठकुरी को अध्यक्षतामा आयोजित तीन महिने पार्टी रुपान्तरण अभियान अन्तर्गत विशेष कार्यक्रम दार्चुला का पार्टी ईन्चार्ज नरेन्द्र कुवँर, बिजयसुन्दर को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवम् दुहुँ गाउँपालिका पार्टी कमिटी अध्यक्ष, निर्वाचित वडा नं ५ का अध्यक्ष स्वर्गीय मनोरथ भट्ट प्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवारमा संवेदना व्यक्त गर्दै तीन महिने अभियानका लागि ५ नम्बर वडाका मखमालि, पासु, गरमोरा हुँदै सुतखोला टोलसम्मको अभियान परिचालन सम्बन्धी बैठकले निर्णय गरेको छ।

दुहुँ गाउँपालिका माओवादीको लागि जनयुद्धकालदेखि अहिलेसम्म महत्वपूर्ण रहेको एवम् गणतन्त्र का लागि सहादत हुने महान् सहिद कमरेड रणबहादुर कुवँर, कृपादत्त जोशी,  चाँदनी बडाल, चक्र सिंह कुवँर लगायतको भूमि रहेको समेत प्रमुख अतिथि कुवँरले स्मरण गरेका छन्।

कार्यक्रम मा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् दुहुँ व्याँस ईन्चार्ज डम्बर घर्ती मगर , प्रदेश कमिटी सचिवालय सदस्य खडक सिंह धामी, प्रदेश कमिटी सदस्य विनोद कुवँर, वाईसियल केन्द्रीय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज सुरेन्द्र बम लगायत नेताहरुको आतिथ्यता रहेको थियो भने दुहुँ गाउँपालिका का सबै वडाका माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम को सन्चालन दुहुँ गाउँपालिका पार्टी कमिटी सचिव जमन सिंह बडालले गरेका थिए, भनी कार्यालय सचिव जिवन लोथ्यालले जानकारी दिएका छन्।



#माओवादी रुपान्तरण अभियान

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>