Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ २० गते बुधबार

ब्यासमा बिओपि उद्घाटनमा जान लागेका पालिका प्रमुखलाई यसयसबिले राेके, भारतकाे हेपाहा प्रिबृति कायमै

भारतको दुर्व्यवहार नगरप्रमुख, पालिका अध्यक्ष र विद्यार्थी नेतालाई तिंकर जानमा यसयसबिले रोकेकाे छ ।
दार्चुला त्रिदेशीय नाका भएको संवेदनशील जिल्ला हो । छिमेकमा भारत छ , भारतसंग रोटिबेटीको सम्बन्ध पनि रहेको छ। तर पटकपटक भारतले नेपाली नागरिकहरुलाई दुर्व्यवहार गर्दै आइरहेको छ।
पर्सी भाद्र २२ गते नेपालको व्याँस गाउँपालिका -१ तिंकरमा शशस्र प्रहरी बलको विओपी उद्घाटन गर्नका लागि आज शशस्र प्रहरी बलका एआइजी वंशीराज दाहाल, दार्चुला का प्रमुख जिल्ला अधिकारी किरन जोशी, शशस्र प्रहरी बलका एसपी डम्बर बहादुर बिष्ट, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर,व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, नेविसंघ विद्यार्थी नेता दिपक खाति, जिल्लाका पत्रकारहरु त्यतातर्फ प्रस्थान गरेका छन्।

नेपालबाट तिंकर जान मोटरबाटो नभएका कारण टोली भारतको बाटो हुँदै तिकंर प्रस्थान गरेको हो। टोलिमा सहभागी सबैले पास बनाएका थिए, खलंगा पुलघाटबाट सबैलाई जान दिइयो, मोटरबाटो हुँदै तिकरम पुलघाट(रगौति) मा चेकजाँच गर्दा संगैका सबैजनालाई अगाडि जान दिइयो तर नगरप्रमुख, पालिका अध्यक्ष र विद्यार्थी नेतालाई “आप लोगोंको आगे जानेके लिए प्रमिसन नहिं है” भन्दै एसएसबीले तीनैजनालाई रोकेको विद्यार्थी नेता दिपक खातिले बताए।

नेपाल भारत खुला सिमाना भएका मित्र राष्ट्र हुन् तर भारतीय एसएसवीले पटकपटक सिमानाकामा यस्तै दुव्र्यवहार गर्ने गरेको छ। नगरप्रमुख, पालिका अध्यक्ष र विद्यार्थी नेता संग पनि सबैको जस्तो पास थियो परिचय पत्र थियो तर तीनै जनालाई अभियोगी हुन भने झै रोक लगाइयो र संगै उहाँजस्तै अरुहरुलाई जान दिइयो यो सरासर भारतको अपहेलना हो हामी भर्त्सना गर्न चाहन्छौं भारतको बाटो प्रयोगमा रोक लगाइएका अध्यक्ष धामीले दुख व्यक्त गरेका छन्।

नेपाल सरकारकाे गाैरवकाे आयाेजनाका रुपमा रहेकाे सडक नबन्दा आफ्नै भुमिमा जाने माेटर बाटाे बन्न नसक्दा स्थानियले बेला बेलामा दु:ख अपमान बेहाेर्दै आएका छन ।


#सिमामा भारतियले राेके नेपाली नेता

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>