Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २१ गते बिहिबार

बेलडाँडी फुटवलमा तेस्राे दिनका खेल सम्पन्न, आज चाैथाे दिन चार खेल हुने ।
फायल तस्बिर

जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं बेल्डाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को तेस्रो दिनका खेल सम्पन्न भएका छन्।
बुधबार बेल्डाँडिमा सञ्चालन भैरहेको बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को तेस्रो दिनका खेलमा बेलौरी नगरपालिका-९ , चेतना युवा क्लब ,जय लक्ष्मी युवा क्लब र दोधारा चाँदनी नगरपालिका बिजय भएको अल स्टार युवा क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो।

उपाध्यक्ष खडायतका अनुसार , तेस्रो दिनको पहिलो खेल बेलडाँडी बोइज एकेडेमी र बेलौरी नगरपालिका वडा न.९ बिच भएको खेलमा १-० गोलको अन्तरले बेलौरी नगरपालिका वडा न.९ संग बेल्डाँडी बोइज एकेडेमी पराजित भएको हो।

दोस्रो खेलमा चेतना युवा क्लब र अमर ज्योती युवा क्लब बिच भएको थियो। उक्त खेलमा चेतना युवा क्लब संग २-१ गोलको अन्तरले अमर ज्योती युवा क्लब पराजित भयो। तेस्रो खेल ईटाहा चारपाते युवा क्लब र जय लक्ष्मी युवा क्लब बिच भएको थियो। उक्त खेलमा जय लक्ष्मी युवा क्लबले २-१ गोलको अन्तरले इटाहा चारपाते लाई हराउदै जित निकालेको हो । भने उक्त दिनको अन्तिम खेल दोधारा चाँदनी नगरपालिका र सिहपाल युवा क्लब बेलौरीका बिच प्रतिस्पर्धात्मक खेल भएको थियो। उक्त रोमाञ्चक खेलमा दोधारा चाँदनी नगरपालिकाले १-० गोलले सिहपाल युवा क्लब बेलौरी लाई हराउदै दोधारा चाँदनीले पहिलो जित निकालेको छ।

आज चौथो दिनमा चार खेल हुनेछन् । पहिलो खेल बिहान ८ बजे वाई बि स्टार र झिलमिला युवा समाज “ए” बीच हुने छ, दोस्रो खेल झिलमिला युवा समाज “बि” र एम्बिसन युवा क्लब बेल्डाँडी-४ बिच बिहान १० बजे, तेस्रो खेल दिउँसो १ बजे चेतना युवा क्लब र सिहपाल युवा क्लब बेल्डाँडी-२ बिच हुनेछ भने उक्त दिनको चौथो अन्तिम खेल मल्टिस्टार युवा क्लब बेल्डाँडी-२ र बेलौरी नगरपालिका -९ बिच दिउँसो ३ बजे आयोजकले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>