नेपालीहरु रोजारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेका छन्। सुदूरपश्चिम प्रदेश लगायतका मानिस गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकाबाट भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्।
नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्ला दिनहरुमा भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ। नेपाल र भारतको सीमा पार गर्नका लागि नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरिएको हो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले तेस्रो देशका नागरिकको प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाइ गरिएको बताए। उनले भने, ‘भारत जानलाई नेपाली हो भन्ने आधार खोज्दैछन्। तर, हामीसँग अधिकारीक कुनै जानकारी छैन।’
नेपालबाट चिनियाँ नागरिकसमेत भारत प्रवेश गर्दै आएकाले कडाइ गरिएको बुझिएको छ। तर, नेपालसँग भारतीय सुरक्षा बलले कुनै समन्वय गरेको छैन। स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कडाइका विषयमा जानकारी छैन।
सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र नभएकाहरुले पनि दुःख पाउन थालेका छन्। नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले एकतर्फी कडाइ गरेको हो। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतीय सीमा क्षेत्रका बजारमा किनमेलका लागि जानसमेत नागरिकता अनिवार्य गरेको छ।
गड्डाचाैकि सीमा क्षेत्रसँग जोडिएको वनबसा जानका लागि समेत नेपाली भएको पहिचान खुल्ने परिचयपत्र भएकाहरुलाई मात्र प्रवेश गर्न दिने गरेको छ। सीमा क्षेत्रमा नेपाली भएको परिचय खुल्ने नागरिकता, सवारी चालक अनुमति पत्र, प्यानकार्ड नभएकालाई भारत प्रवेशमा रोक लगाइएको छ।
नेपाली नागरिकका लागि भारत प्रवेशमा नागरिकता अर्थात नेपाली भएको पुष्टि हुने कागजपत्र अनिर्वाय गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले नेपाली परिचय पत्र बिना भारत प्रवेशमा रोक लगाएको हो। धनगढीसँग जोडिएको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट भारत जान र नेपाल प्रवेशमासमेत परिचयपत्र अनिर्वाय गरिएको छ।
नागरिकता अर्थात परिचय पत्र नभएका वा नबोकेका नागरिकले सीमा क्षेत्रमा सास्ती पाउँदै आएका छन्। सुदूरपश्चिमसहित कर्णाली प्रदेशका नागरिकले समेत गौरीफन्टा र गड्डाचौकीको नाका प्रयोग गर्दै आएका छन्। सयौको संख्यामा भारत जाने र नेपाल फर्किनेको सीमा क्षेत्रमा भिड हुने गरेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया