Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २२ गते शुक्रबार

बडिमालिका मन्दिरका पुजारि बिरुद्ध जातिय विभेदकाे मुद्दा दर्ता, पुजा थाली फालेकाे आराेप

बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोप लागेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएको पीडित युवती संगीता विकले बताइन्।

पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ।

उक्त विभेद विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले पीडित पक्षले निवेदन दिएको र पूजारीलाई बोलाइसकिएको बताए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>