Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० भदौ २५ गते सोमबार

जंगली हात्तीले आतंक मच्चाउन थालेपछि बडुवाल टोलमा पुग्यो निड्स नेपालको टोली

बस्तीमा पसेर जंगली हात्तीका बथानले आतंक आतंक मच्चाउन थालेपछि निड्स नेपाल कञ्चनपुरकाे एक टोली दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल पुगेका छन् । भारतिय जंगलबाट भित्रिने गरेको जंगली हात्तीले किसानहरुको दर्जनौं बिगाहमा लगाएको धान, मकैवाली खाएर, उधनेर नष्ट गर्दै मानविय त्रास बढाएपछि निड्स नेपाल कञ्चनपुरका बिपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभको लागी समुदायको सबलिकरणका कार्यक्रमका कार्यक्रम संयोजक संयोजक ईश्वर उपाध्यायको एक टोली बडुवाल टोल पुगेका हुन् । टोलीले स्थानियहरु संग हात्तीले दिदै आएको पिडा र समस्या हल गर्न के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेका छन् । स्थानिय किसानहरुले जंगली हात्तीले रातीको समयमा बस्ती भित्रिने गरेको र खेतीपाती नष्ट गर्दै आएको र मानविय क्षतीको त्रास बढ्दै गएको बताएका छन् । बिपद्को बेला सरकार पक्षले जनताको खासै चाँसो नदेखाएको स्थानियहरुको गुनासो रहेका थियो । स्थानियहरुले लगाएको झण्डै २० बिघाह जती अन्नवाली हात्तीले नष्ट गरेको बताएका छन् । रातीको समयमा हात्तीको बथान घरमै आउने हुदा मानविय क्षतीको त्रास बढेको निड्स नेपालको टोलीलाई स्थानियहरुले सुनाएका छन् ।

उज्यालोको कमीको कारण समेत हात्तीबाट ज्यान बचाउन सकस भएको उनिहरुले बताएका छन् । हात्ती आएको समयमा बिद्युत्त अबरुद्ध हुदा समेत मानविय क्षती हुनसक्ने उनिहरुको भनाई रहेको छ् । जगबुडा नदीको पारि, भातिय जंगल संग जोडिएको सिमा बस्तीमा हुदै आएको हात्ती आतंकको बारेमा निड्स नेपालले चाँसो देखाएको छ् । निड्स नेपाल कञ्चनपुरका बिपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभको लागी समुदायको सबलिकरणका कार्यक्रमका कार्यक्रम संयोजक संयोजक ईश्वर उपाध्यायले हात्तीको आतंक मच्चाईरहेको अवस्थामा स्थानिय सरकार संग समन्वय गरि मानविय क्षती रोक्न योजना बनाउने बताएका छन् । ‘बस्तीमा निकै त्रासपुर्ण बाताबरण रहेको पाईयो, मानविय क्षती रोक्न स्थानिय सरकार संग समन्वय गरि योजना निमार्ण गर्छौ’ निड्स नेपाल कञ्चनपुरका बिपद् पुर्व तयारी द्रुत प्रतिकार्य तथा पुनरलाभको लागी समुदायको सबलिकरणका कार्यक्रमका कार्यक्रम संयोजक संयोजक ईश्वर उपाध्यायले भने ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>