Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ २५ गते सोमबार

दोधारा चाँदनी नगरपालिकालाई मन्दिर समितिले दियो ज्ञापन पत्र : आन्दोलनको चेतावनी

दोधारा चाँदनी नगरपालिका कार्यालयलाई कमलशा बाबाथान मन्दिर संरक्षण समितीले गौ संरक्षणको लागी ज्ञापन पत्र दिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर कमलशा बाबाथान मन्दिर संरक्षण समिती दोधारा चाँदनीको टोलीले गौं संरक्षण नभएको भन्दै गाई गोरु तत्काल ब्यवस्थापन गर्न अनुरोध गरेको छ् । यदि ज्ञापन पत्रको समयमै ध्यानाकर्षण नभए आन्दोलनको चेतावनी समेत दिएका छन् । कमलशा बाबाथान मन्दिर संरक्षण समितीका संयोजक केशव प्रसाद बरालको टोलीले दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर जनप्रतिनिधी र कर्मचारीहरुलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् । ‘दोधारा चाँदनी नगरपालिकामा रहेको विकराल समस्या एवं किसानहरुद्वारा लगाईएको बाली खेतीको नोक्सानी बेहोर्नु पर्ने पिडा कहिल्यै सम्म भोगिरहने ? त्यहाँ नगरपालिका, वडाबाट विभिन्न उपाय अपनाएर पनि गाई–गोरुको व्यवस्थापन हुन सकेको छैन् । यो समस्या दिन प्रतिदिन बढदै जानाले विकराल समस्या आउन सक्ने चेतावनी दिईन्छ् । यस गौं रक्षाको निम्ति देशमा चर्को आन्दोलन चलिरहेको छ् । यहाँ पनि यस्तै घटना नहोला भन्न सकिदैन् । यदि समयमानै गौ–रक्षा को निम्ति संरक्षणमा ध्यान दिएनौ भने पछिको चरावद्ध आन्दोलन गरिनै रहने छ् । नगरपालिका, वडाबाट बनाईएका कान्जिरखोरमा गाई गोरु हुलेर मारेर राखिएका छन् । यसरी समाधान हुदैन दिन प्रतिदिन समस्याहरु वढ्दै जानेछ् र बजेट पुर्‍याउन नसकिने अवस्था आउन सक्छ् । यस समाधानका लागि दिर्घकालिन योजना बनाई – सदाका लागि समस्या समाधान गरी गौं रक्षाका निम्ति सबै पक्षले हातो– मालो गरी अगाडी बढनु पर्छ् । एक चोटी सबै पक्ष र नगरपालिकाका सबै पदाधिकारी विच बैठक बसी छिटी भन्दा छिटो निकास दिन ध्यानाकर्षण गराउन चाहान्छौं । यदि निकास भएन भने अर्को आन्दोलनको तयारी सिर्जना गर्न वाध्य नबनाईयोस भनि यो ज्ञापन पत्र बुझाईएको व्यहोरा अनुरोध गरिन्छ् ।’ कमलशा बाबाथान मन्दिर संरक्षण समितीका संयोजक केशव प्रसाद बराल हस्तारक्षित ज्ञापन पत्रमा भनिएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>