Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २६ गते मङ्गलबार

धनगढीमा हुने समाजवादी माेर्चाकाे सभा दाेस्राे पटक पनि स्थगित

समाजवादी मोर्चा नेपालले सुदूरपश्चिमको धनगढीमा आज मंगलबार गर्ने भनिएको सन्देशसभा स्थगित भएको छ ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले सभा स्थगित भएको जानकारी दिइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अन्तरिम व्यवस्थापिका संसदका सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका माननीय सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष आदरणीय कमरेड सुवास नेम्वाङको असामायिक दुःखद निधन भएकोले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्मानमा समाजवादी मोर्चा नेपालको आज धनगढीमा आयोजित सन्देश सभा अर्को मिति तय नहुँदासम्म स्थगित भएको जानकारी गराउँछौं ।’

मोर्चाको सन्देश सभाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत शीर्ष नेताहरू धनगढी आउने कार्यक्रम थियो ।

यसअघि पनि पूर्व निर्धारित सभा एमसीसी परियोजना कार्यान्वयनको उद्घाटनका लागि स्थगित भएको थियो । मोर्चाले देशभर ६ वटै प्रदेशमा सन्देशसभा गरिसकेको छ, अब सुदूरपश्चिममा मात्रै बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>