Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २६ गते मङ्गलबार

२२ बर्ष सम्म राज्यकाे वेवास्ता पछि आरक्षपिडित भाेक हडतालमा

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन्।

आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको भन्दै पीडितहरुले सोमबारदेखि माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका हुन्।

पीडितहरुले प्रतिपरिवार १० कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौं परिवार विस्थापित गरे पनि अझै उनीहरुको पुनर्स्थापना हुन सकेको छैन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>