Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ २७ गते बुधबार

मुटुमा समस्या भएका कमलालाई दिए वडाध्यक्ष खत्रीले उपचार खर्च : सहयोग गर्न सबैमा अपिल

दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्री दुखी तथा गरिबहरुको सेवामा प्रखररुपमा देखिदै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले पाउने सरकारी सेवाबाट दुखी तथा गरिब परिवारलाई सघाउने क्रममा आज फेरि दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारी नजिक रहेको मुन्सी टोलमा बस्दै आएका वर्ष ३३ का कमला साँउदलाई सहयोग गर्न पुगेका छन् । केही दिन अघि सोही वडाका रमा देबि भण्डारीको लागी उपचार खर्चको वडाध्यक्ष खत्रीले भण्डारी बचाउ अभियान थालेर रु. ६ लाख भन्दा बढी सहयोग रकम संकलन गरेका हुन् । रमा देबी भण्डारीको काठमाण्डौंको एक अस्पतालमा उपचार भईरहेको छ् । रमा देबी भण्डारीको घर देखि केही टाढा घर भएका कमला साँउदको मुटुको समस्याबाट ग्रसित छन् । आर्थिक अवस्था दैनिय रहेको कमलाको उपचारको लागी वडाध्यक्ष केशव खत्रीले उनकै घरमा पुगेर रु. ५ हजार १ सय रकम उपचार खर्च हस्तान्तरण गरेका छन् । कमला देबी साँउद बिगत ९ वर्ष देखि मुटुको समस्याले पिडित हुदै आएका छन् । आर्थिक अवस्था निकै दैनिय रहेका कमलाले भारत लगाएत बिभिन्न शहरमा रहेका अस्पतालमा उपचार गरेका हुन् । उपचार गर्ने रकम नभएको हुदा कमला अहिले घरमै छन् । उनको बेला बेलामा नाक र मुखबाट रगत आउने गरेको कमलाले बताएका छन् । वडाध्यक्ष खत्रीले घरमा पुगेर आफ्नो ब्यक्तीगत सहयोग गरेपछि कमला साँउदले आँखाबाट आशु झारेका छन् । समस्या परेको बेला वडाध्यक्ष खत्रीले सहयोग गरेकोमा कमलाले रुदै वडाध्यक्ष खत्रीलाई धन्यबाद दिएका छन् । ‘पिडामा रहेको अवस्थामा वडाध्यक्ष केशव खत्रीज्युले घरमा आएर सहयोग रकम दिनुभएको छ्’ कमला साँउदले भने– ‘वडाध्यक्ष केशव खत्रीजीले गरेको काम संचारमाध्यमका सुनेको थिए, त्यसैले सहयोगको लागी मैले उहाँलाई गुहार माँगेको हु ।’ दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले मुटुको समस्याले ग्रसित कमलाले मलाई सहयोग माँगेपछि आफु संग भएको केही रकम उपलब्ध गराएको बताएका छन् । ‘कमलाको स्वास्थ्य अवस्था गम्भिर छ् हामी सबैले उहाँलाई उपचारमा सहयोग गनुृ पर्छ’ वडाध्यक्ष खत्रीले भने । आफुले फेरी पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । आफुले कमला बचाउको लागी अभियान थाल्ने समेत वडाध्यक्ष खत्रीले बताएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा बसोबास गर्ने गरिब, बिपन्नलाई सहयोग गर्दै आएका वडाध्यक्ष खत्रीको अतुलनिय कार्यको स्थानियहरुले खुलेरै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>