Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ २७ गते बुधबार

कालापानी र गाैरा सदनमा पुर्याउने धामीकाे २६ औ स्मृति दिवस दार्चुलामा यसरी सम्झिईयाे ।

कालापानी हाम्रै हो, कालापानी काठमाण्डौँलाई किन दुख्दैन (कालापानी नेपालको मुटु हो ) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक विकासका धरोहर स्वर्गिय प्रेम सिह धामीको बुधबार बाइसौ स्मृति दिवस परेको छ ।

बिक्रम सम्बद २००९ साल भदौ २९ गते जन्मीएर जागीरे जीवन हुदै बहुदल स्थापना भएपछि खुला राजनीतिमा आएका राष्ट्रबादी नेता धामीको स्मृतिमा प्रेम सिह धामी स्मृति प्रतिष्ठानले बुधवार औपचारीक कार्यक्रमको आयोजना समेत गरेको छ ।

मालिकार्जुन गाउँपालिका ३ साबिकको मालिकार्जुन गाबिस वडा नम्बर ८ प्रेमनगर दार्चुलामा जन्मीएका धामीले नेपालको राष्टीयता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुचमार्ग केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याएका छन् । पञ्चायतकालसम्म जागीर गरेर बहुदलको स्थापना संगै राजनीतिक मैदानमा होमीएका धामीले २०४८ सालमा कञ्चनपुरबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे तर पराजय भोग्नुपर्यो । क्षमताबान नेता धामीले निर्वाचन लडेको झन्डै एक वर्षपछि २०४९ सालमा नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएका धामि । छोटो समयमै आफ्नो राजनीतिक छबि र पहुच केन्द्रसम्म बिस्तार गरीसकेका धामीले २०४९ सालदेखी नै पार्टीको महाकाली अञ्चल ईन्चार्ज र ३३ जनाको तत्कालिन मालेको केन्द्रीय कमिटि सदस्यको जिम्मेवारी पाउँनु दार्चुला र समग्र सुदूरपश्चिम राजनितिकाे लागि गर्वको कुरा थियो ।

धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधि निर्बाचनमा विजयी हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्तपुर्ण जिम्मेवारी समेत प्राप्त गर्नुभयो । १५ सदस्यिय मन्त्रीमन्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलतापुर्बक बहन गरेका उहाँले विकाससंगै राष्ट्रियताको रक्षाका खातीर पटकपटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा समेत कमाउँन सफल हुनुभयो । ९ महिनामा सरकार बिगठन भएको केहि समयपछि नेपालमा तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष शुरु गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान अध्ययन कार्यदलको संयोजक भएर काम गर्नुभयो । राष्ट्रियताको खातिर बलिदान दिनुपरेपनि पछि नपर्ने स्वाभिमानी बिचार बोकेका धामीको २०५४ भदौ २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साबिकको मदानपुर गाबिस ३ क्युरिनिभिरमा असामयिक निधन हुनपुग्यो । धामीको भौतीक शरीर २०५४ सालमा क्षति भएपनि उहाँले दार्चुला लगायत समग्र प्रदेशनम्बर ७ को विकास र नेपालको राष्ट्रियताको लागी पुर्याएको योगदान अहिलेपनि सम्झनामा छ ।

कम्युनिष्ट मात्रै हैन, प्रजातान्त्रीक समुहले समेत उहाँलाई राष्ट्रबादी र विकासप्रेमी नेताको रुपमा स्मरण गर्ने गरेका छन । नेता धामीले सुदूरपश्चिमको प्रमुख चाड गौरापर्वलाई राष्ट्रिय रुपमा मनाउँनु पर्ने र गौराको अवसरमा सार्वजनिक विदा समेत दिइनु पर्ने संसदमा जोडदार माग गरेपछि अहिले देशभरी अष्टमीको दिन गौरा विदा दिने गरीएको छ । दार्चुला जिल्लाको विकासको मेरुदन्डको रुपमा रहेको महाकाली लोकमार्गलाई बैतडीबाट दार्चुला सदरमुकाम सम्म तिब्रताका साथ विकास गर्न सदन र सरकारसंग उपलब्धिक पहल गरेका धामीकै योगदान स्वरुप महाकाली लोकमार्ग दार्चुलामा समयमै बिस्तार भएको छ । सुदूरपश्चिमलाई बजेट बिनियोजनमा साैतेनी व्यवहार देखाउँने सरकारलाई महाकाली लोकमार्गमा प्रयाप्त वजेट विनियोजन नगरे राजीनामा दिनेसम्मको चुनौती दिन सफल धामीको योगदानमा अहिले पनि दार्चुलामा कम्युनिष्ट नेताहरुले निर्वाचनमा आफुले गरेको उपलब्धीको रुपमा जनतालाई सुनाउँन पाएका छन ।

दार्चुलासम्म लोकमार्ग पहुच विस्तार नहुदा सम्म भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यतालाई संसदमा आवाज उठाउँदै भारतबाट नेपाली टोपी लुकाउँदै परनिर्भर भएर गृहजिल्ला जानुभन्दा सदन र सरकारमा नबस्ने चुनौती दिएकै कारण लोकमार्ग सरकारको प्राथमिकतामा परेको बताइन्छ ।

राष्ट्ररक्षा, विकास र समृद्धि एवम् समाजिक रुपान्तरणको उहाँको सपनालाई अहिलेको नेतृत्वले आत्मसात गर्न सकेको छैन । उहाँको योगदानबाट केहि सिकेर जिल्लाको विकासमा बर्तमान दार्चुलाको नेतृत्व र राजनीतिक नेताहरुको भुमिका हुनेछ भन्ने अपेक्षा व्यक्त गर्दै स्मृति दिवसको अवसरमा राष्ट्रबादी स्वर्गिय नेता धामीलाई श्रद्धासुमन सम्झना व्यक्त गरिएकाे छ ।

नेकपा एमाले तत्कालीन केन्द्रीय सदस्य तथा भाेैजिक पुर्वाधार राज्य मन्त्री प्रेम सिह धामिकाे २६ औ स्मृति दिवस दार्चुला खलंगा मा रहेको सालिक मा माल्यापण गरि मनाइएको छ उक्त कार्यक्रम मा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम सिह धामी  महाकाली नगरपालिका का नगर प्रमुख नर सिह चाैसिर उप प्रमुख दुर्गा बिष्ट  ब्यास गा पा अध्यक्ष मङ्गल सिह धामी, ब्यास उप प्रमुख तथा माओवादि प्रदेश कमिटी सदस्य  विनाेद सिह कुवर लगाय जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी सदस्य अन्य नेता कार्यकर्ताहरुकाेहरुकाे सहभागी थियोे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>