Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
दिल्ली
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ २९ गते शुक्रबार

बाल दिवसकै दिन माईती नेपालद्धारा भारतको दिल्लीमा बन्धकमा रहेका बालिकाको उद्धार
साङ्केतिक तस्बिर

राष्ट्रिय बाल दिवसको दिनमै आज मानव बेचबिखन तथा नियन्त्रणमा क्रियाशिल संस्था माईती नेपालले भारतको राजधानी नई दिल्लीबाट एक बालिकाको उद्धार गरेको छ् । मिथिला नगरपालिका, धनुषा निवासी १६ वर्षिय एक बालिकालाई आज अन्तरराष्ट्रिय बाल दिवसको दिनमै भारतको राजधानी नई दिल्लीबाट उद्धार गरिएको गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले दिल्लीबाट खबर पठाएका छन् । बालिकालाई भारतको दिल्ली स्थित एक कोठामा बन्धक बनाएर राखिएको थियो । २ महिना अघि एक युवकले सामाजिक संजाल फेसबुकबाट विभिन्न प्रलोभलन देखाउदै वालिकालाई दिल्ली पुर्‍याएका थिए । दिल्लीको एक कोठामा बन्धक बनाएर राखेको अवस्थामा दिल्लीमा बस्ने नेपालीहरुको सहयोगमा माईती नेपालको टोलीले उद्धार गरेको हो । ‘हामीले बालिकाको उद्धार गरिसकेका छौं, प्रकृया पुर्‍याएर परिवारजनको जिम्मा लगाउनेछौं ।’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने– ‘निकै जटिल समस्यामा रहेका ति बालिकालाई दिल्लीमा बस्ने नेपाली दाजुभाईहरुको सहयोगमा उद्धार गर्न सफल भएका छौं ।’ आफुलाई भारत लगेर बेच्न लागेको बिषयमा आफु अनबिज्ञ रहेको ति बालिकाले बताएका छन् । ‘मलाई भारत लगेर बेच्न लागेको बिषयमा मलाई थाहानै भएन’ बालिकाले भनिन् । उद्धार गरिएको बालिकालाई माईती नेपालको टोलीले नेपाल फिर्ता ल्याउने तयारी गरेको बताईएको छ् । मानव बेचबिखन तथा नियन्त्रणमा क्रियाशिल संस्था माईती नेपालले जोखिममा रहेका तथा विभिन्न हिंसामा परेका महिला, बालबालिका तथा किशोरीहरुलाई भारत लगाएत तेस्रो मुलकबाट उद्धार गरि आफन्तको जिम्मा लगाउदै आएको छ् ।


#बालिका उद्धार

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>