Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २९ गते शुक्रबार

शुक्लफाँटामा ८ मा अबैध उत्खनन् राेक्न गस्ति
फायल फाेटाे

कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन्।

सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको वडा अध्यक्ष बहादुरसिंह महराले बताए। 'बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि वनका साथिहरु पालो मिलाएर खटिएका छौँ', उनले भने।

वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको उनको भनाइ छ। चुरेक्षेत्र भएर बग्ने नदी, खोलामा अवैध उत्खनन गरिँदा बर्सेनि बाढीको समस्या बल्झिँदै आएको छ।

नदी, खोला साविकको क्षेत्रमा बग्न छाडेर धार परिवर्तन गरी बस्तीतर्फ सोझिन थालेका छन्। चुरे फेदीका बेलडाँडी, पिल्लरीलगायतका बस्तीका बासिन्दाले केही वर्षयतादेखि बाढीको समस्या झेल्दै आएको स्थानिय तिलक जप्रेलले बताउनुभयाे।

'वैज्ञानिक तरिकाले चुरे क्षेत्र नजिकका नदी, खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी झिक्ने कार्य गरे समस्या हुँदैन, त्यस्तो अहिलेसम्म हुनसकेको छैन', उनले भनिन्, 'अन्धाधुन्धरूपमा नदीजन्य पदार्थ झिकिँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन्।' 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>