Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ३१ गते आइतबार

चाैधरि थारुकाे माैलिक पर्व अट्वारि  आजबाट सुरु यस्ताे चलन र मान्यता

आज थारु समुदायको अटवारी पर्व विशेष रुपले मनाउँदैछन् । पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आज (आइतबार आज र साेमबार भोलि) मनाइँदै छ । यो पर्वमा दाजुभाइहरुले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वका लागि आइतबार आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ। कैलाली, कंचनपुर लगायत पश्चिम तराईका थारु समुदाय आज अट्वारी पर्बमा धुमधामले मनाउनमा जुटेका छन्।

हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार मनाइने यो पर्वमा थारु समुदायका पुरुषले दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै ब्रत बस्छन्। शनिबार मध्य रातमा माछा र तोरियाको तरकारी सहित भातको दर खाएर दाजुभाईहरूले आइतबार दिनभर ब्रत बस्ने चलन थारु समुदायमा रहेको छ।

ब्रत बसेका पुरुषहरूले घरको कामकाज सकेपछि गहुँ चामल र अण्डी चामलको विभिन्न थरीका रोटी पकाउने गर्दछन्। वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने चलन पनि छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ।

अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन्।

यसका साथै दही, घ्यु, केरा, काक्रो, अम्बा आदि सगुनको रुपमा प्रयोग गरिन्छ । दिनभरीको ब्रतपछि आईतबार बेलुका सूर्य अस्ताउने बेला अन्नी पुजा गरेर अट्वारी ब्रत खोल्ने चलन छ ।

ब्रत खोले पनि ब्रतालुले तरकारी र नुन खुर्सानी भने खान नपाईने कञ्चनपुरकाे कृष्णपुर -३ का वडा अध्यक्ष खेमराज चाैधरि बताउछन ।

उनका अनुसार अटवारी पर्वका क्रममा सोमबार बिहान खानाका विभिन्न परिकारहरू (भात, कर्कलो, तामा, गेडागुडी, पकौडी, खेरिया लगायत) तयारी गरी फलाहार गरिन्छ। आइतबारको ब्रत तोड्दा र सोमबार बिहान फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पुर्‍याउने चलन रहेको अर्का थारु अगुवा भिमदत्त २ का धन बहादुर चाैधरि बताउछन ।

उनले भने “किंवदन्ती अनुसार पाण्डवका माहिला भाई भिमले थारु राजा दंगीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पुजाव्रत गर्ने गरेको पनि विश्वास गरिन्छ।”

माहिला पाण्डव भिम सुर्खेतको काक्रेबिहार घुम्न आएको बेला दाङका राजामाथि शत्रुबाट आक्रमण भएपछि उतिखेर रोटी पकाउँदै गरेका भिमले काम छोडेर भोकभोकै दंगीशरणलाई सहयोग गरेको र उनको सहयोगमा राजा दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेका थिए भन्ने किंबदन्ती छ।

प्रचलन अनुसार अट्वारीमा विभिन्‍न थरीका रोटी पकाउने क्रममा एउटा ठूलो साइजको रोटी पकाइने गरिन्छ। यो रोटीलाई भिम रोटी भनिन्छ। भीमले रोटी पकाउँदा पकाउदै लडाईमा गएकाले त्यो रोटी एकातर्फबाट मात्रै पाकेको थियो। अट्वारीमा पकाइने भीम रोटी पनि एकातर्फमात्र पकाइन्छ।


#अट्वारि पर्व

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>