Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० असोज ०२ गते मङ्गलबार

नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केही दिन अघि बसेको पार्टीको कार्यालय बैठकले उक्त निर्णय गरेको थियाे ।
विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने छ भने विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्वोधन गर्नुहुने कार्यक्रम छ, भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जानुहुने भएको छ ।

सो अनुसार, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानुहुने छ । कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जानुहुने भएको छ ।

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्मनाथ अधिकारीले वताउनुभयो । सुदूरपश्चिममा भने धनगढि हुदैछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>