Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दार्चुला
२०८० असोज ०२ गते मङ्गलबार

अपिहिमालमा डकुमेन्ट्री प्रतियाेगिता हुने, लाखौंमा पुरुस्कार ब्यावस्था ।
फायल तस्बिर अपि हिमाल

अपिहिमाल गाउँपालिकाले "अपिहिमाल भ्रमण वर्ष २०८०" मनाउने तयारि गरेकाे छ । उक्त गाउँपालिका क्षेत्र भित्र रहेका सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रवर्द्धनका गर्ने उदेश्यले भिडियो डकुमेन्ट्री प्रतियोगिता गरिने भएकाले सो प्रतियोगितामा भाग लिन चाहाने इच्छुक व्यक्ति, संघ संस्था र कम्पनीहरुको सहभागिताका लागि एक सूचना प्रकाशित गरेको छ ।

पालिकाले उक्त भिडियो डकुमेन्ट्रीमा समेटिनु पर्ने विषय वस्तु र उत्कृष्ट भिडियो डकुमेन्ट्री निर्माणकर्तालाई  पुरस्कारकाे ब्यावस्था समेत गरेकाे छ ।
पहिलाे पुरुस्कार चार लाख रुपैया, दाेस्राे पुरुस्कार दुई लाख पचास हजार, सान्त्वना पुरुस्कार चालीस हजार रुपैया राखेकाे छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति, प्रा. लि. तथा कम्पनीहरुले गाउँपालिकाको विशेषताहरु (धार्मिक स्थल, पर्यटन क्षेत्र, साँस्कृति र भेषभुषा झल्किने गरी १५ देखी ३० मिनेटको वृत चित्र बनाउनु पर्ने सुचनामा उल्लख गरेकाे छ ।

भिडियो डकुमेन्ट्रीमा सरोकार वाला समुदाय, गाउँपालिका पदाधिकारीहरू, सम्बन्धित व्यतिहरू, भूगोल, भाषा, कला, संस्कृतिको पाटोलाई समावेश गर्नुपर्ने उल्लेख गरेकाे छ । पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले गरेको क्रियाकलापहरू चलनचल्तीमा रहेको भाषालाई समेट्दै नेपाली भाषामा तयार गर्नु पर्ने, भिडियो डकुमेन्ट्रीको लागि आवश्यक रेजोल्युसन फुल एच डि 1920 * 1080 देखि माथी हुनु पर्ने,  भिडियो डकुमेन्ट्री छायाङ्कन र सम्पादन २ महिना भित्र गरी सक्नु पर्ने, प्रतिस्पर्धीले मंसिर १ गते भिडियो आफ्नै प्याल्याटफर्म (युट्युव) मार्फत अपलोड गर्नुपर्ने, भिडियोलाई मुल्याङ्कनकर्ताले अर्गानिक लाइक, भिउज, कमेन्ट र सेयरको आधारमा वैशाख १ गते मूल्याङ्कन समितिले मुल्याङ्कन गरी बिजेता घोषणा गर्ने उल्लेख गरेकाे छ ।
डकुमेन्ट्रीकाे एक कपि पालिकालाइ उपलब्ध गराउनुपर्ने शर्तहरु राखेकाे छ ।
यस्ताे प्रतिस्पर्धा गर्ने पहिलाे पालिका सम्भवत नेपालमा पहिलाे अपिहिमाल बनेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>