Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०८० असोज ०२ गते मङ्गलबार

माओवादी विशेष रुपान्तरणमा लागेपछि भजनिका पुर्व मेयरलाई जिम्मेवारी बाट हटाईयाे

बहुविवाह गरेर सांस्कृतिक विचलनको आरोप लागेपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई जिम्मेवारीबाट निलम्बन गरेको छ। बहुविवाहको आरोप स्वीकारेपछि चौधरीलाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको हो। 

चौधरीलाई निलम्बन गरिएकोबारे केन्द्रीय कमिटीले मातहतको कमिटीलाई आन्तरिक सर्कुलर जारी गरेको माओवादी सुदूरपश्चिम प्रदेश सचिवालयले जनाएको छ।  गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेकाले निलम्बन गर्ने निर्णय अनुमोदन गरिएको भनिएको छ।

प्रदेश कमिटीको सिफारिसमा चौधरीलाई पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य पदबाट निलम्बन गरिएको हो। उनको गाउँ भजनी नगरपालिका–४ मा पनि उनले बहुविवाह गरेको हल्ला छ। उनी भजनी नगरपालिकाका पूर्वमेयर पनि हुन्। उनी २०७४ को चुनावमा माओवादीबाट मेयरमा विजयी भएका थिए।

माओवादिले अहिले विशेष रुपान्तरण अभियान चलाउदै तीन महिनाकाे लागि घरघरमा माओवादि जनजनमा माओवादी भन्ने नाराका साथ गाउँबस्तिमा अभियानकाे रुपमा काम गरिरहेकाे छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>