Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ०४ गते बिहिबार

स्वास्थ्यकर्मि माथि हातपात गर्ने खड्का पक्राउ, राजेय ब्यवस्था समितिमा उठ्याे बिषय

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेको जानकारी दिएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात भएको कुरा उठाएका थिए । उक्त घटना गम्भीर भएकाले तत्काल गृह मन्त्रालय प्रशासनले कारबाही गर्नुपर्ने माग गरेका थिए ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समिति कक्षबाटै कञ्चनपुरको प्रहरी नेतृत्वसँग कुरा गरेर उक्त घटनाबारे जानकारी लिएका थिए ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उक्त घटनामा संलग्न गैरेमाथि आक्रमण गर्ने बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्का पक्राउ परिसकेको जानकारी दिए ।

साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेका बेलौरीका बाबुराम चौधरी मंगलबार राति स्वास्थ्यचौकीमा पुगेका थिए । सो क्रममा खड्काले उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>