Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ०५ गते शुक्रबार

पहलमापुरमा शान्ति दिवसकाे अवसरमा दिप प्रज्वलन तथा शान्ति र्याली ।

पहलमानपुरमा विश्व शान्ति दिवसको अवसरमा शान्ति र्याली तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

घोडाघोडी नगरपालिका वडा नं १० पहलमानपुरमा नगर प्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका स्काउटमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा कान्ति स्काउट दल, पहलमानसिंह मेमोरियल स्काउट दल, कलम बम मेमोरियल स्काउट दल, पायोनियर स्काउट दल, ज्ञान ज्योति स्काउट दल, सीताकुण्ड स्काउट दल, राष्ट्रिय मा.वि .सुखड स्काउट दलमा आवद्ध करिब तीन सय स्काटरहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सुदूरपश्चिम MOP संयोजक पुष्कर अवस्थी, स्काउट मास्टरहरू सराधुराम चौधरी, दीपकराज गौतम,बर्मराज खनाल, लक्ष्मीप्रसाद अम्मै, सहायक स्काउट मास्टर मिनबहादुर रावत, घोडाघोडी नगरपालिका वडा नं १० कार्यवाहक वडाध्यक्ष जालुराम चौधरी लगायत नेपाल प्रहरीको सहभागिता रहेको थियो।
र्यालीमा घोडाघोडी नगरपालिका वडा नं १० पहलमानपुर चौराहबाट सुरू भई पहलमानपुर बजार परिक्रमा गरी पुनः पहलमानपुर बजार चोकमा पुगी मैनवत्ती प्रज्वलन गरिएको थियो। कार्यक्रममा नगर प्रमुखले विश्व शान्ति दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन घोडाघोडी नगर स्काउट सदस्यता वृद्धि संयोजक भीमराज अम्मैले गर्नु भएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>