Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज ०६ गते शनिबार

गमगढिमा भिषण आगलागी घरहरु जलेर नष्ट ।

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्रतिर शुक्रबार रातीबाट आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार उक्त आगलागीबाट तार्के लामा, सोनाम लामा, जंग बहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही र पद्मराज मल्लको घर जलेका हुन् । स्थानीय चुम्म बुढाका अनुसार उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका थिए  ।

आगो के कसरी लाग्यो हो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको यकिन विवरण आउन बाँकिनै रहेको प्रहरीले जनाएकोछ । रातिको समयमा आगलागी भए पनि मानविय क्षति नभएको तथा हाल आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी पीडितहरुको रहातकोलागि तत्काल व्यावस्था छायानाथ रारा नगरपालिकाबाट गर्ने र अन्य निकायसँग राहातको लागि पहल गरिने नगर प्रमुख बिस्नु कुमार भामले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>