Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज ०७ गते आइतबार

सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत गठित चारवटा विषयगत समितिलाई पूर्णता दिन आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिने भएको छ। प्रदेशसभाका सचिवालयका अनुसार चारवटा विषयगत समितिलाई पूर्णता दिन लागिएको हो।

‘विषयगत समितिको सभापतिका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने छ। अहिले त्यही विषयमा छलफल गर्न प्रदेशसभा सदस्यहरुलाई बोलाएका छौं,’ सभामुख भीमबहादुर भण्डारीले भने।

उनले निर्वाचन कार्यतालिका अनुसार समितिको सभापतिका लागि अघि बढाइने बताए। सभापति चयन भएपछि विषयगत समितिले पूर्णता पाउने उनको भनाइ छ। प्रदेशको विषयगत समिति गठन भएको पाँच महिना भइसक्दासमेत समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बसाउनुपर्ने बाध्यता रहेको छ।

जेठ ६ गते बसेको प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो।

प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन्। केही दिनअघि सभाले नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो। जुन अहिले म्याद सकिएपछि निष्क्रीय बनेको छ।



कुन समितिमा कुन सदस्य ?
प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका सदस्यमा देवानसिंह विष्ट, पदमबहादुर शाही, डम्मरी महरा, जुनाकुमारी दानी, सुरेन्द्रबहादुर पाल, लक्ष्मी विक, जानकी ऐर बम, इन्दिरा गिरी र प्रकाश रावल सदस्य छन्।

यस्तै, टीका थापा, सन्तोषकुमारी शर्मा थापा, वीरबहादुर थापा, बेलबहादुर रानामगर, मधुदेवी भारती, गीताकुमारी चौधरी, विक्रमसिंह धामी, मानबहादुर धामी, अक्कलबहादुर रावल र खेमादेवी विष्ट सदस्य रहेका छन्।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सदस्यमा दीर्घबहादुर सोडारी, घनश्याम चौधरी, राजेन्द्रसिंह रावल, चक्रबहादुर महता, ललिता सुनार, मेघराज खड्का, बहादुरसिंह थापा, मानबहादुर रावल, खगराज भट्ट, शिवसिंह ओली र ताराप्रसाद जोशी रहेका छन्।

सामाजिक विकास समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू माया पन्त, कैलाश चौधरी, हीरा सार्की, धर्मराज पाठक, निर्मलादेवी साउँद, शिवराज भट्ट, प्रकाशबहादुर बम, तुुल्सी देवकोटा,सरस्वती खड्का, ओमविक्रम भाट र जानकीदेवी कुँवर सदस्य छन्।

प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी गरि छ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार बनेको छ। एक मन्त्री र राज्यमन्त्री पाएको उन्मुक्ति पार्टीले संसदीय समितिमा २ जना सभापति आफ्नो हुनुपर्ने दाबी गरिरहेको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विषयगत समितिको सभापतिको दाउमा रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>